खनालद्धारा आफू नै प्रधानमन्त्रीमा निर्वाचित हुने दावी

Read Time:1 Minute, 36 Second

काठमाडौँ, १९ माघ ।
पटक पटक निर्वाचनमा सहमतिका नामा तटस्थ वसेको एमाले यसपटकको निर्वाचनमा भने कम्मर कसेरै लागेको छ ।  व्यवस्थापिका–संसद्मा भोलि हुन गइरहेको प्रधानमन्त्रीको निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता झलनाथ खनालले आफ्नो प्रधानमन्त्रीको उम्मेद्वारीको मनोनयन दर्ता गराएका छन ।

उनको उम्मेद्वारीको प्रस्तावकमा एमाले संसदीय दलका प्रमुख सचेतक भीम आचार्य र समर्थकमा एमाले नेता रामचन्द्र झा रहेकाछन ।   खनालले दिउँसो १ः३० बजे प्रधानमन्त्रीको उम्मद्वारी दर्ता गराएका हुन्  ।

मनोनयन दर्तापश्चात् नेता खनालले सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री पदमा आफ्नो विजयको सम्भावना धेरै रहेको बताए  ।

उनले भने– ‘सकेसम्म आफूले भोलिकै निर्वाचनमा प्रधानमन्त्री जित्छु, त्यो भएन भने पर्सिको निर्वाचनमा जित्नेछु ।’

दलहरूबीचमा राष्ट्रिय सहमतिको खाँचो औँल्याउँदै अध्यक्ष खनालले शान्ति र नयाँ संविधान बनाउन पहिलो प्राथमिकता दिने बताए  ।

उनले माओवादी, नेपाली काँग्रेसलगायत मधेसवादी दलले आफ्नो पक्षमा मतदान गर्ने दाबी गरे  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %