हिंसा नै हिंसाको इतिहास भएको देशमा आदिवासी,मधेशी ,शिल्पि समुदाय माथि मात्र किन यत्रो दोष ?

Read Time:7 Minute, 39 Second

 कृष्णसेन इच्छुकको हत्याको कथा सुनाउ कि मैना सुनुवारको ?

टेकबहादुर थापा (राजेश)

नेपालको इतिहास हिंसा नै हिंसाको इतिहास हो । पृथ्बी नारायण शाहले नेपाल एकीकरण गर्दा गरिएको हिंसा अहिले सम्म कै सबैभन्दा ठुलो मात्रमा भएको हिंसा भित्र पर्दछ ।

(प्रहरीको कुटाइ बाट बिहोस अबस्थामा घाइते बालक,तलको र यो बच्चा एउटै हुन)

 

लिम्बुहरुसंग सम्झौताको नाममा निशस्त्र लिम्बुहरुलाई सशस्त्र गोर्खाली सेनालले लिम्बु सेना नायक काङ्ग्सोरेको निर्मम हत्या गरेका थिए । गोर्खाली सेनासंगको युद्धमा पराजित खम्बुहरु माथि गोर्खाली सेनाले अत्यन्तै निकृष्ट हिंसा गरेका थिए , यहाँ सम्मकी गर्भवती खम्बु महिला लाइ ढिकीले कुटेर मारेका थिए ।गोर्खाली सेनाले कृतिपुरका नेवारहरुको जिउदै नाक काटेको कुरो त हामी सबैले पढेकै छौ । राणाकालको हिंसाको त यहाँ कुरा गर्न आवश्क नै छैन किनभने आफ्नै मामा प्रधान मंत्री तथा कमान्डर इन चिफ माथ्बर्सिंह थापा मगरको निर्ममता पुर्बक हिंसा गरेर बीर नरसिंह कुँवर (जंग बहादुर कुँवर) ले शुरु गरेको राणाकाल हिंसाकै भरमा टिकेको थियो ।

(मगर बिध्यार्थी संघका केन्द्रिय हध्यक्ष दिपा आलेमगर मन्तब्य दिदै)

तीस बर्षे पंचायत कालका भुक्त भोगी त अहिलेका सत्तासिन दलका नेता अधिकाम्स अहिले जिवितै छन् । देवान सिङ्ग राई, रत्नकुमार वान्तवा, देखि खोकु -छिन्तांगका शहिदहरुलाइ मात्र सम्झिए पुग्छ, पंचायत कालको हिंसा बुझन ।   बहुदलिय प्रजातन्त्र पछिको स्टेट भायोलेन्स र अन सिभिलवार सम्मको हिंसाको चर्चा गर्ने हो भने एउटा महाभारत नै तयार हुन्छ । खोटांग दिक्तेलका ७ बर्षीय अनिश शाक्य जो घरको झ्यालबाट आन्दोलन हेरी रहेका थिए, पुलिसले आन्दोलनकारीको नाममा उनलाई गोलि ठोकेर मार्यो । ५२ सालमा गोरखाका १३ बर्षीय दिलबहादुर रम्तेललाइ माओबादीको नाममा पुलिसले समातेर गोलि ठोकेर मार्यो । माओबादी जनयुद्धको एक दशक लामो कालखण्ड भरि राज्यले गरेको राज्य हिंसाको कुरा गर्दा म बेचैन हुन्छु । प्रहरी र सेनाले हिरासतमा राखेका माओबादीहरुको निर्ममतापुर्बक हत्या गरेको कथा म कहाबाट शुरु गरौ ?

(के कैलालीमा थारूलाइ गोली हाने जस्तै यो २ लाख मगरको भिडलाइ पनि गोली ठोक्न तैयार छ सरकार?)

कृष्ण सेन इच्छुकको हत्याको कथा सुनाउ कि दण्डपाणी नेउपानेको ? जनयुद्धमा लागेका महिलाहरुलाई पुलिसले गरेको हत्याको कुरा गर्ने हो भने ति हत्या संसारकै आततायी हिंसा भित्र पर्दछन । मैना सुनुवारको हत्याको कुरा गर्नुस वा बलावतीको कुरा गर्नुस । यहाँ सम्मकी पुलिसले समातेर महिलाको योनि मित्र बन्दुकको संगीन घुसारेर मारेको इतिहास त्यति पुरानो भएको छैन ।

(बेकुफ प्रहरी! Innocent बच्चालाई पिट्दै, बच्चाको के गल्ति थियो?)

माओबादीहरुले गरेको हत्या -हिंसाको शृंखला पनी कम छैन । आफ्ना निसश्त्र बिरोधिलाइ सरकारी सुराकीको नाममा गरेको हत्या होस् वा ज्यान जोगाउन युद्द मैदानबाट भागेर ओडारमा लुकेका पुलिस र सेनाका जवानहरुलाई हातखुट्टा बाधेर जिउदै नदीमा फालेर मारेको कुरा पनी इतिहासले नबिर्सनु पर्ने हो । वर्तमान उद्योग मंत्री महेश बस्नेतले युवा संघको आन्दोलनको बेला सुरक्षामा खटिएका पुलिसलाई आगो लगाएको घटनालाइ जति लुकाए पनी लुक्ने वाला छैन ।

अब अहिले आएर टिकापुरको घटनालाइ मात्र अतिरन्जित गरिदैछ । इतिहासमा कहिलेही नघटेको घटना जस्तो गरेर यसलाई उचाली राखिएको छ । हो, आन्दोलन अहिंसात्मक हुनु पर्दछ । अहिंसात्मक आन्दोलनमा नैतिकबलको प्रभाब बढी हुने भएकाले यो हिंसात्मक आन्दोलन भन्दा बढी प्रभाबकारी हुन्छ । तर अहिंसात्मक आन्दोलनलाई हिंसात्मक बनाउने काम चाही राज्यको हिंसात्मक ब्यबहारले बनाएको अहिले सम्मको संसारको इतिहास हो ।

अहिले टीकापुरको घटनालाई लिएर राज्यपुरै श्वत आतंकमा उत्रेको छ । यहाँ सम्मकी राज्यको शुरक्षा भित्र बसेर थारु इतरका सिभिलियनहरु थारुको घरमा आगो लगाउदै हिडेका छन् । पुलिस र सेनाले निर्दोष थारुहरुलाई समातेर दिएको यातनाले पराकाष्ट नागेको छ । समातिएका थारुहरु कति जीवित छन् र कति मारिए त्यो थाहा हुने अवस्था छैन । राज्य आतंकको भयले थारुहरुको भागा भाग छ । साच्चै भन्ने हो भने अहिले टीकापुरमा हाम्रो राज्य सम्प्रदाहिक राज्यमा रुपान्तरित भएको देखिन्छ । त्यी टीकापुरमा अहिले थारुहरुलाई बेचैन छ तर थारु इतरका पहिचान बिरोधिहरुलाई चहिन छ ।

तत्काल टिकापुरबाट सेना फिर्ता गरेर थारुहरु माथिको दमन नरोक्ने हो भने अब कोहि कसैले चाहेर होस् वा नचाएर देशको जनमत दुइ कित्ता तर्फ रुपान्तरी हुनबाट कसैले रोकेर रोक्न सक्ने वाला छैन । न्याय प्रेमी जनताको अगाडी मात्र दुइवटा बिकल्प रहने छन् यथास्थितिबादी ब्राह्मणबादी राज्य कि उत्पीडित जाती,बर्ग,बर्ण,समुदाय,लिङ्गहरुको एतिहासिक प्रगतिशील संघिय राज्य ?

तसर्थ टिकापुरको दमनले केहि थारुको घरमा आगो लाग्ला, केहि थारुहरु मर्लान तर त्यसको बदलामा सिंहदरबार भित्र बसेका ब्राहमणहरुले एकदिन त्यसको मूल्य चुकाउनु पर्ने छ ,ढिलो चाँडो मात्रै हो भबिश्यले बताउँने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %