के न्याय माग्नु अपराध हो ? सन्दर्भ :कैलाली टिकापुर कान्ड

Read Time:7 Minute, 0 Second

हरी घर्ती मगर 

  राजनितीमा जुन हुन्छ त्यो देखिदैन,जुन देखिन्छ त्यो सत्य हुदैन भन्छन् । अहिले टिकापुर घटना पनि यो भनाइको प्रतिनिधि बन्न पुगेकोछ । थरुहट समर्थक आन्दोलनकारी र सशस्त्र प्रहरी विच झडप हुँदा शुरुमा १८ सुरक्षाकर्मी र ३ प्रदशर्नकारी गरी जम्मा २१ जनाको मृत्यु भएको भनिएता पनी,हावादारी मिडिया र कम्जोर राज्यको इन्टलिजेन्टको कारण घटाउदा-घटाउदा अहिले प्रहरी वरिष्ठ उपरीक्षक सहित ७ सुरक्षाकर्मी र एक २ वर्षे बालकको मृत्यु भएको समाचार मात्र सतहमा देखाइएको छ ।

यस घटनालाई लिएर आ-आफ्नो अनुकूल हुनेगरी बिभिन्न मिडियामा व्याख्या विश्लेषण,दावी,विरोध,समर्थन,शंका,उप-शंका गर्दै धेरै विचारहरु आए । थारु नेताहरुले हाम्रा आन्दोलनकारी तर्फपनी, सयौको संख्यामा हताहत भएको छ, तर प्रहरीले, आन्दोलनलाई वदनाम गर्न गराउन आन्दोलनकारीहरुका शवहरु लुकाइएको बताएका छन् ।

केहि आन्दोलनकारीहरुलाई उद्रीत गर्दै,सशस्त्र प्रहरीका हवल्दार राम जनम चौधरीलाई एस् एस् पिले आन्दोलनकारी माथी गोलीचलाउन आदेश दिदा, हवल्दार चौधरीले गोली चलाउन नमान्दा एस् एस् पिले हवल्दार चौधरीको हत्या गरेपछि,नेपाल प्रहरी र सशस्त्र प्रहरी आपसमा भिडन्त भएको बताएकाछन् । सोहि प्रदर्शनमा सहभागी २ आन्दोलनकारी भागेर भारतमा पुगी सुरक्षाको कारण आफ्नो नाम नबताएर फोन मार्फत, प्रहरीले हाम्रा चेलीबेटी माथी दुर्ववहार गर्ने,आन्दोलनमा सहभागी भयौं भने कन्चठमा गोली हानिने छ, गोलीले भुटिने छ भन्दै, गाउंगाउ, वस्तिवस्तीमा आई डर, धम्की त्रास देखाई लछारपछार गर्ने कुटपिट गर्ने गरिएको थियो, उक्तदिन पनी प्रहरी त्यही मानसिकतावाट हाम्रो आन्दोलन दवाउन खोजीएकोले, हामिले प्रतिरोधमा उत्रिन बाध्यभएको वताएका छन् । साथै प्रहरीले अखण्डेहरुको समर्थन गर्यो, उनिहरुलाई शक्तिशाली भएको देखाएर थारुहट प्रदर्शनकारीलाई कमजोर निरिह देखाउन, अघिअघि अखण्डे पछिपछि प्रहरी रही, अखण्डेलाई पक्षपोषण गर्यो । त्यसैले थारुहरुलाई उक्तकुरा सैह्य भएन र उक्त घटना घटेको वताएका छन् ।

अहिले प्रहरी महानिरक्षक सहित उच्चस्तरीय टोली टिकापुर पुगी सकेको छ | घटना घटेको दोर्सो दिनदेखी नै, सरकारले सेना द्वारा थारु वस्तीमा आगो लगाउने,थारूहरुलाई जिउदै जलाउने,महिला बालबालिका बलात्कार गर्ने, कुटपिट र लुटपाटको राज्य आतंक मच्चाएर सरकार आफ्नो पतनको अन्तिमविन्दूमा देखिएकोछ ।

जेहोस् अत्याधुनिक हातहतियारले सुशज्जित सयौ सुरक्षाकर्मीको कुनै प्रवाह नगरी घरेलु हसिया,खुर्पा,कोदालो,बन्चरो र भालाको भरमा थरुहट आन्दोलनकारीहरु सशक्त प्रतिकारमा उत्रीनु चान्नेचुन्ने कुरा पटक्कै होइन । यो संसारकै विरलै हुने घटनाको रुपमा लिनु पर्दछ । अव यो वा उ भनेर आन्दोलनकारीको आट एवं शाहसको अपव्याख्या गर्नु सत्य स्विकारगर्ने हिम्मत नहुन हो । हुनत सुरक्षाकर्मी र आन्दोलनकारी विच एक-आपसमा कुनै प्रकारको दुश्मनी हुदैन । आन्दोलनकारीहरु उत्पिडित पक्षका भएकाले, आन्दोलनकारीहरु जहिलेपनी उत्पिडक सङ्ग उत्पिडनवाट मुक्तहुन चाहन्छ्न् । प्राय: सेना प्रहरीले उत्पिडकहरुको पक्ष-पोषण गरेर रक्षाकवजको रपमा रहेको हुन्छ ।

आफ्नो-हक अधिकारको निम्ती लडेका उत्पिडित अधिकार प्राप्तिको शिलशिलामा उत्पिडक सर्वेसर्वा भएको राज्यसंयन्त्रको, रक्षाकवजको रुपमा रहेका सेना प्रहरीको रक्षाकवज तोड्ने क्रममा सेना प्रहरी र उत्पीडित आन्दोलनकारी विच झडप हुने गर्छ । त्यसैले आफ्नो रोजीरोटी र राष्ट्रसेवाको रुपमा रहेका सुरक्षाकर्मी हरुप्रती आन्दोलनकारीहरू संयमित हुन जरुरी छ भने, सेना-प्रहरीले जहाँ होचो उही घोचो भनेजस्तै, जो सदियौ देखी विभेदमा परेको छ,अन्यायमा परेको छ, उसैले न्याय माग्दा उ माथिनै अनावश्यक बल प्रयोग गर्नु, उत्पीडकको पक्ष-पोषण गर्नु पेशागत र मानवियनाताले उपयुक्त हुँदैन ।

टिकापुर घटनाको मुख्य कारण भनेको नै विगतमा राज्यले थारुहरुसंग गरेको सहमति सम्झौता कार्यनयन नगरेर शीर्ष नेताहरुको उन्मात बलमिचैमा, ८,६ र ७ प्रदेशको अवैज्ञानिक एवं अव्यवहारिक सिमांकन गर्नु र सदियौ देखि दास अवस्थामा रहेका थारुहरुका अधिकार प्रस्तावित संविधानको मस्यौदा नहुनु नै हो, त्यसैले यो घटनाको मुख्य दोषी राज्य हो |

आफूले गरेका गल्तिहरुलाई थारु आन्दोलन,मधेस आन्दोलनका आन्दोलनकारीहरुलाई लगाउनु समस्या झनै जटिल बनाउनु हो, आफ्ना हक अधिकार प्राप्त भएनन् भने हतियार उठाउने अन्तिम विन्दूमा पुगेको आन्दोलनकारीहरु देखिन्छन् | हतियार नउठाउदै टिकापुरमा जे भयो, हतियार उठाएको अवस्थामा झन् के के हुन सक्छ जो कोहिले पनि सहजै अनुमान लगाउन सक्छ | त्यसैले अवस्थाको गम्भीरतालाई सवैले बुझ्न जरुरी देखिन्छ |

(लेखक:नेपाल आदिवासी जनजाति परिषद् युएई र नेपाल मगर संघ युएईका भूपू अध्यक्ष हुन्) 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %