कैलाली घटनामा १०० भन्दा बढी थारु मारिए

Read Time:5 Minute, 10 Second

 राज्यसत्ता 
थारु सभासदहरुले कैलालीको टीकापुरमा भएको झडपमा सय भन्दा बढी आफ्ना कार्यकर्ता मारिएको दावी गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुगेको थारु सभासदहरुको टोलीले प्रहरीले आधा घण्टासम्म निरन्तर गोली चलाएर आफ्ना एक सय भन्दा बढी कार्यकर्ता मारेको दावी गरेका हुन् । उनीहरुले मारिएका आफूहरुका कार्यकर्ताका शव प्रहरीले नै गायव पारेको आरोपसमेत लगाएका छन् ।

तस्विरमा कर्फ्यु लगाएर सेना र अखन्ड मिली थारु वस्ती जलाउदै

सभासदहरुले घटनास्थलमा प्रहरीले अखण्ड सुदुरपश्चिम पक्षधरका कार्यकर्तालाई मात्र जान दिएकाले घटना रहस्यमय भएको दावी गरेका छन् । सभासदहरुले घटनास्थलमा मानवअधिकारवादी र सञ्चार माध्यमलाई जान दिएर घटनाको वास्तविकता ल्याउने वातावरण बनाइदिन प्रधानमन्त्री कोइरालासँग आग्रह पनि गरेका थिए । थारु नेताहरुले अखण्ड पक्षधरले एकलौटी प्रचार गरेको भन्दै घटनाको वास्तविकता ल्याउन सरकारसँग माग गरेका छन् ।

तस्विरमा वलत्कार गरी मारेर फालिएकी थारु युवती 

उक्त घट्ना हुनुमा सरकारद्वारा सरक्षित अखन्द वादीहरु दोषी रहेको बुझिएको छ । सरकारी पुलिशले थारुहरुलाई जबर्जस्ती कुतपित गर्ने, दुर्व्यवहाँर गर्ने ,घर घरमा घुसेर साना बाल बालिकालाई त्रसित पार्ने साथै थारु छोरी चेलीलाई जबर जस्ती गर्ने ,बलात्कार गर्ने जस्ता जघन्य अपराध बिरुद्द अन्दोलित हुन पुगेका थारु हरु सँगको मुद भेद्मा प्रहरी मारिएका थिए ,सरकारी र नेपाली मुल्धारका मिडियाले वास्तविक घटनालाई धाक छोप गरी सयौ को सन्ख्यामा थारु आन्दोलन कर्ता मारिए पनि उनिहरुले सेना परिचालन कर्फियु लगाई उल्तै थारुका वस्ती छानी छानी आग्जनी गर्ने तोड्फोड गर्ने निर्मम कार्यलाई निरन्तरता दीइ रहेका छन भन्ने खबर छापेनन । २ बर्षको बालक मारिनुमा पुलिसकै गोली लागेर मारिएको पनि खुल्न आएको छ ।

त्यस्तै प्रहरीद्धारा थारु महिलाहरु माथि दुव्र्यहार भएपछि प्रतिकार गरेको खबर टुडे खबरले छापेको छ । कैलाली घटनाको यर्थात:कैलाली घटना पछि भागेर भारत पुगेका दुई जना युवाहरुले टुडेखबर कर्मीलाई फोन गरी यसरी घटना बारे जानकारी दिएका छन । युवाहरुले आफुहरुलाई प्रहरी प्रशासनले मार्न खोजेको भन्दै ज्यान जोगाएर भारत पुगेको बताएका छन् । सुरक्षाको कारणले नाम उल्लेखित नगर्ने शर्तमा उनीहरुले घटना यसरी सुनाए । तीन दिन अघि देखि पुलिस प्रशासनले थारु बस्तीमा पसेर महिलाहरुमाथि दुव्र्यवहार गरेको छ सर, प्रहरी थारुको वस्तीमा पुगेर घरमा बसेका महिलालाई गाली गर्ने, बाबु, दाजु र श्रीमानको अगाडि दर्जनौं महिलाहरुमाथि दुव्र्यवहार भएपछि थारुहरु आजित भएर प्रतिकारको योजना बनाएका हो सर,प्रहरीले थारु बस्ती प्रवेश गरी थारुहरुलाई कुटपिट गर्ने, गोली ठोक्ने धम्की दिने लगायतका दमन गर्ने कार्य प्रहरीहरुले गरेको हो सर, । त्यस्तै प्रहरीहरुको आडमा पहाडे अखन्डे समुदायका युवाहरुले पनि थारु बस्ती प्रवेश गरी थारुहरु माथि दमन गरेका छन् सर ।उनीहरुले हिजोको भिडन्तमा, दुई दर्जन भन्दा बढी थारु युवाहरुलाई गोली हाली मारेको बताए । सर, हाम्रा दुई दर्जन साथीहरुको मृत्यु भएको छ, मृतकहरुको लास प्रशासनले कब्जा गरी लुकाएका छन् । पत्र पत्रिकामा पनि केवल प्रहरी मात्र मरेको खबर आई रहेको छ, त्यहाँको बास्तविकता अर्कै छ सर । त्यहाँ ठुलो दमन भएको छ, यो घटना जसरी अहिले सरकार हल्लाफैलाई रहेका छन्, यसको बास्तविकता अर्कै छन् सर ।


दुई युवा अहिले ज्यान जोगाएर भारतको सिमा पारी रहेको जनाइएको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %