राष्ट्रपति र भारतीय नेताहरूबीच भेटवार्ता

 

 काठमाडौँ, १९ माघ । भारत भ्रमणमा रहनुभएका राष्ट्रपति डा रामवरण यादवसँग हिजो भारतीय विभिन्न नेताहरूले भेटवार्ता गरेका छन् ।

 राष्ट्रपति डा यादवसँग हिजो साँझ भारतीय जनता पार्टीका अध्यक्ष लालकृष्ण आडवाणी, भारतीय कम्युनिस्ट पार्टीका महासचिव ए बी वर्धन, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका नेता सीताराम यचुरी र समाजवादी पार्टीका अध्यक्ष मुल्याम सिंह यादवले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका अवसरमा आपसी हित तथा नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा कुराकानी भएको थियो ।

 हिजै बिहान राष्ट्रपति डा यादवले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा आफ्नो स्वास्थ्य परीक्षणसमेत गराएका थिए  ।