रोशन मेवाहाङ्ग
लण्डन, १० भाद्र – गैर आवासीय नेपाली संघ एनआरएन बेलायतमा विगत देखि नै अनैतिक र अबैधानिक क्रियाकलापको कारण विवादले चर्कोरुप लिएको हो ।
यस विषयमा नेपाली युवा समुह युके लगायत बेलायतका विभिन्न सामाजिक संघ संस्थाहरुले उठाईरहेको आवाजलाई कानमा तेल हाल्दै आगमी १३ सेप्टेम्बरमा छैटौं अधिवेशन गर्न लागेको समितिले सार्वजनिक गरेका छन् ।
अधिवेशनलाई नजिकबाट नियाल्दा सदस्यता नविकरण तथा नयाँ सदस्यता दर्ता गर्ने क्रममा, समितिको निर्देशन मुताविक सदस्यता फारमहरु भुक्तानीका साथ तोकिएको मिती भित्र हुलाक मार्फत पठाईएका फारमहरु नै हराउने र रद्द गरिने जस्ता षड्यन्त्रकारी क्रियाकलापहरुले बेलायत समुदायलाई आक्रोसित तुल्याएको केन्ट निवासी राजेश राईले जनताको आवाजलाई जानकारी गराए ।
(मगर संघ बेलायतको असहमति पत्र पढ्नुहोस)
आयोगले तोकेको मिती भित्र एनआरएनको खातामा शुल्क भुक्तानी गरी पठाईएको फारमहरु रद्घ गरिएकोमा मगर संघ बेलायतले असहमति पत्र पठाउनुका साथै विभिन्न जातिय संस्थाहरु र नेपाली युवा समुहले आगमी छैटौं अबिधेशनलाई कव्जा गर्नेु पर्ने परिस्थिती आउन सक्ने कुरा मगर संघका एक प्रतिनिधिले नाम नखुलाउने सर्तमा खुलासा गरे ।
एनआरएन बेलायतका कोषध्यक्ष दासु पाण्डेले आर्थिक पारादर्शिता गर्न नसक्दा यो संस्था बर्बादिको संघारमा लम्किएको र विवाद उत्पन्न भएको हो । नेपाली युवा समुह लगायत विभिन्न संघ संस्थाहरु, व्यापारीहरु र विद्यार्थीहरुले समेत घोर विरोध गरेपछि आर्थिक छानविन समिति गठन गरिएको थियो ।
बेलायतका बरिष्ठ सल्लाकार कमल गुरुङको संयोजकतामा उपसंयोजक रहेका सल्लाकार मास्टर राष्ट्र राईले लेखा प्रतिवेदन बुझाए का थिए । एनआरएन बेलायतका केहि भष्टचारी पदाधिकारीहरुले छानविन बैठकमा समेत उपस्थित हुन नमानेको गुनासो संयोजक कमल गुरुङले बताए ।
लण्डनबाट प्रसारित हुने गोर्खा च्यानल टिभीले गैर आवासीय नेपाली संघ एनआरएन बेलायतको उम्मेदवारहरु विच सार्वजनिक खुल्ला बहसको आयोजना गरेको कार्यक्रममा प्रत्याशी उम्मेदवारहरुले आ–आफ्नो चुनाबी प्रतिवद्घता, उम्मेदवार हुनको कारण र आफनो योजनाहरु ब्यक्त गर्ने क्रममा उपाध्यक्षको प्रत्याशी मास्टर राईले आर्थिक हिनामिना गर्ने भष्टचारी पदाधिकारीहरुलाई आफु निर्वाचनमा सफल भएमा समाजको अगाडी त्यस्ता भष्टचारीहरुलाई दाखिला गराउने र कानुनको दायरामा पुर्याउने भन्दै समुदायको मन जिती आगमी निर्वाचनमा निश्चित निर्वाचित हुने अवस्था देखेपछि कार्य समिति र निर्वाचन आयोगको मिलेमत्वमा मास्टर राष्ट्र राईको सदस्यता फारम घुपचुप गरेको आसंका ब्यक्त गरेका छन ।
पवित्र संस्थामा यसरी केहि अवसरवादीहरुको षढयन्त्रको कारण प्रत्याशी उम्मेदवारहरु लगायत धेरै ब्याक्ति हरुको प्रकासित सूचीमा नामावली नभएकोमा विभिन्न संघ संस्था लगायत बेलायत समुदायले नै घोर भर्तसना गदै नयाँ एनआरएन बेलायतको स्थापना गर्न आवाश्यकता रहेको आसय ब्यक्त गरिरहेका छन् ।
