नन्दबहादुर घर्तीमगर
तत्कालीन माओवादी जनयुद्धले जातीय स्वायत्ततासहितको संघीयता उराल्यो जुनवेला राजसंस्था जनयुद्धको मुख्य निशाना थियो ।
राजसंस्था हट्यो तर जातीय समस्या हटेन । राजसंस्था ढाल्नमा उर्लेको आक्रोश यदि जातीय संघीयतातिर नमोडिएको भए पक्कै त्यो आक्रोश माओवादी नेतृत्वतिर फर्कन्थ्यो । अव कल्पना गरौं यदि त्यो आक्रोश नेतृत्वतिर फर्केको भए परिणाम के आउथ्यो होला । विद्युत शक्ति जमीनमा अर्थिङ गरे झैं राजसंस्थातिर सोझिएको आक्रोश जातीय संघीयतातिर अर्थिङ भयो ।
यो थियो पार्टीको अल्पकालीन समाधान । दिर्घकालीन समाधान पनि यहि मुद्धासँग गाँसिएको छ त्यो थियो जनजातीको राज्यसत्ता प्राप्तिको वाटो विसर्जन । त्यसैले अल्पकालीन र दिर्घकालीन दुवै हिसावले यो मुद्धा सत्ताधारीवर्गको लागि सटिक थियो र सफल पनि हुदैआयो र आइरहेको छ ।
जातीय पहिचानसहितको संघीय प्रदेश भनौं या जातीय संघीयताको मुद्धा ०६३ पछि हरेक जातीय संघ संगठनमा वीर्यधारण भयो । वीर्यधारण भएपछि जातीय संघ संगठनहरुको सामाजिक क्रान्तिको वाटो छुट्यो । सामाजिक क्रान्तिको मुलभूत गुण जातीले राष्ट्रिय हैसियत प्राप्त गर्दैजाने दिर्घकालीन वाटो । यो वाटो कसले छोड्न लगायो ? विचारणीय छ । विचारणीय मात्र होइन हाम्रो हृदय जलेको छ, छिया छिया भएको छ ।
वाहुन जातीको मनमा कहिल्यै आएन कि वाहुन जातीको पहिचान भूगोलसँग जोडियोेस् । वाहुन जातीको सर्वाङ्गीण विकास ठोसकरण भइसक्यो र यो क्रमिक विकसिततिर उन्मूख छ । यसो हुनुको मूल आधार सत्ता हो भूगोल होइन । तर नेपालका जनजातीलाई सत्तातिर होइन भूगोलतिर उन्मूख गराइयो । मलाई लाग्छ हामी घोत्लिनुपर्ने पो हो कि ?
अशोक राईले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी पार्टी नेपाल, एमएस थापाले नेतृत्व गरेको राष्ट्रिय जनमुक्ति पार्टी, …..आदिमा पनि जातीय संघीयता वीर्यधारण भएको छ । हरेक व्यक्तिहरुको पेटमा यो मुद्धाको वीर्यधारण छ । वीर्यधारण गर्न संस्थागत वल दिनेहरुमा जनजाती अगुवा मानिनेहरु डा.कृष्ण भट्टचन, वालकृष्ण मावुहाङ, एमएस थापा, पद्यरत्न तुलाधर, मल्लके सुन्दर, डा.चैतन्य सुव्वा, परशुराम तामाङ, …….आदि हुन् । यी व्यक्तित्वहरुको नाम मनमा घोकिरहनुहुन म सवैमा विनम्र अनुरोध गर्दछु । किनभने तत्कालीन माओवादी तथा अहिलेको एमाओवादी जातीय संघीयताको निर्माता एवं कल्पनाकार हो भने यी उल्लेखित जनजाती अगुवाहरु यसको अभियन्ता हुन् ।
७ भदौ २०७२ को दिन कैलाली जिल्लाको टिकापुरमा थरुहट आन्दोलनकारी र सुरक्षाकर्मीवीचको झडपमा अकल्पनीय घटना घट्यो । तराईका अन्य जिल्लाहरुमा पनि यस्तै घटनाहरु घटे र घट्दैछन् । यो घटनाको मुल कारण जातीय संघीयता पो हो कि ? विचार मन्थन गरौं । हतियारले सत्ता टिकाएको इतिहास संसारमा कहिं छैन यहि मन्थनले नै सत्ता टिकेको छ ।
८ भदौ २०७२