प्रेश बिज्ञप्ति
संबिधान सभाबाट संबिधान निर्माण गर्ने नेपाली जनताको चाहनालाई अन्तिम रुप दिन लागिरहेको संबदेनशिल घडीमा संबिधान सभाबाट “नेपालको संबिधानको परीमार्जित बिधेयक २०७२” सार्वजानिक भएपछि सिंमाङ्कन र अधिकारको बिषयलाई लिएर मुलुकभर तनावग्रस्त स्थिति सिर्जना भैरहेको छ ।
यसै सन्र्दभमा हिजो २०७२ भाद्र ७ गते कैलाली जिज्लाको टिकापुरमा प्रहरी र आन्दोलनकारी बीच जुन दुखदः घटना घटयो त्यसप्रति हाम्रो राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालको गम्भिर ध्यान आर्कषण भएको छ ।
त्यस घटना प्रति दुखः ब्यक्त गर्दै सुरक्षाकर्मी र आन्दोलनकारी जसले ज्यान गुमाए ती मृतकहरु प्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको निशुल्क उपचार, शोकसंतप्त परिवारप्रति समवेदना र मृतक परिवारलाई राहतको ब्यवस्था गर्न हाम्रो पार्टी सरकारसंग जोडदार माग गर्दछ ।
साथै सम्पूर्ण राजनीतिक दल, नागरीक समाज, बुद्धिजिवी, पत्रकार, सर्वसाधारण र सरकार लगायत सम्पूर्ण नेपाली जनतालाई संयमित भै संबिधान निर्माणको प्रक्रियामा संलग्न हुन र शान्तिपूर्ण ढङ्गबाट आफ्नो मागहरु राख्न आग्रह गर्दै, चार दलका शीर्ष नेताहरुले सबै नेपालीको पहिचान र अधिकारलाई सुनिस्चित गराउने तर्फ ध्यान केन्द्रित हुन आग्रह गर्दै, भविष्यमा यस्ता हिंसात्मक घटना नदोहोरियोस भन्ने तर्फ सचेत रहन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल अपिल गर्दछ ।
२०७२ भाद्र ८ गते
चन्द्रबहादुरश्रीस
महासचिव