धनकुटामा जनमुक्तिको छैटुङ्ग जिल्ला सम्मेलन सम्पन्न

Read Time:4 Minute, 46 Second

धनकुटा
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति धनकुटाको सनिवार सम्पन्न छैटुङ्ग जिल्ला अधिवेशनले हरीभक्त वान्तावा राईलाई पुनः अध्यक्ष पदमा चयन गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय सदस्य तिर्थ राईको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला अधिवेशनले १३ सदस्यीय जिल्लाको नयाँ कार्य समिति चयन गरेको छ । जिल्ला कार्य समितिको उपाध्याक्षमा भोला शंकर र ईन्द्र वहादुर राईलाई चयन गरिएको छ ।
समितिको सचिवमा सुर्य तामाङ्ग, संगठन सचिवमा सविला मोक्तfन  र कोषाध्याक्ष नर वहादुर माङ्गयकलाई सर्वसम्वत चयन गरिएको छ । त्यसै गरी सदस्यहरुमा लेखमान राई, सन्जु तामाङ्ग, दलवहादुर राई, देवी माया थापा मगर, मोहन साम्पाङ्ग, ज्ञान वहादुर लावती, जमुना लुङ्गेली मगर र दिपक राईलाई चयन गरीएको जिल्ला अधिवेशन पछी राष्ट्रिय जवनमुक्ति पार्टी जिल्ला कार्य समिति धनकुटाले आईतवार जारी गरेको प्रेश वक्तव्यमा उल्लेख छ ।
जारी प्रेश वक्तव्यमा उक्त जिल्ला अधिवेशनले महिला मोर्चाको संयोजक सुष्मा थिङ्ग, युवा मोर्चाको जिल्ला संयोजकमा गुणराज राई र विद्यार्थि मोर्चाको जिल्ला संयोजकमा विकेन्द्र मोक्तनलाई चयन गरिएको वताईएको छ ।
सो जिल्ला अधिवेशनको उद्धघाटन गर्दै केन्द्रिय सदस्य तिर्थ राईले ०४६ सालको जन आनदोलनसंगै जन्मिएको राष्ट्रिय जनमुक्ति पार्टीलाई साम्प्रादायिक भन्ने यस देशका ठुला भनाउँदा पार्टीहरुले अहिले राष्ट्रिय जनमुक्ति पार्टीले लिएरको विचार सिद्धान्तलाई नाटकिय ढंगले नकली संघियताको नारf लगाएर नेपाली जनतालाई भेडा वाख्रा वनाईरहेको आरोप लागाए । उनले मुलुक ठुला पाटी{का नेताले सत्ता- क’र्सिको लागी लामो समय देखी लुछाचुडी गरीरहेको वताउदै राईले यीनले तोकिएको समयमा त के १० वर्षमा पनि सक्कली संघियता सहितको राज्यको पुनःसंरचना गरेर नयाँ संविधान जारी नगर्ने वताए ।
राईले यहाँका ठुला दलहरुले देशमा अझै पनि राजनितिक अस्थिरथा निम्त्याएर देशलाई युद्धमा धकेलिरहेको आरोप लागाएका छन् । उनले देशलाई साच्चीकै संघियतामा लाने हो भने राज्यको डुकुटीमा जसरी अहिले हालीमुहाली गरिरहेका छन् त्यो नपाउने भएकाले यहाँका ठुला पार्टी संघियतामा जना नचाहेको ठोकुवा गरे ।
उनले नेपालका सवै जाति जनजाति, पिछडा वर्ग, दलित, मधेसी समुदायलाई समेटेर लानको लागी देश संघियतामा जानुको कुने विकल्प नरहेकाले राष्ट्रिय जनुमक्ति पार्टीको विचार र शिद्धान्तको पछी लागेर गोलवन्ध हुन उद्धघाटन सत्रमा उपस्थित् सम्पुण महानुभावहरुलाई अनुरोध समेत गरे ।  जनमुक्ति पार्टीका केन्द्रिय सदस्य रविन गोलेले वर्ग विशेषको नेपालको राजनितिले जातिय मुक्तिकोलागी ठुलो खतरा वढेको वताउदै जातिय मुक्तिको लागी सम्पुर्ण नेपाली जनता अहिले मेची देखी महाकाली सम्म एउटै आवाज उठाउनु पर्ने वताए ।
सो अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय सदस्य मिना पन्धाक, राष्ट्रिय जनमुक्ति पार्टीका सुनसरी जिल्ला सचिव विष्णु थामदेन लागयतको उपस्थिति रहेको थियो । उद्धघाटन सत्र पार्टी अध्यक्ष हरीभक्त वान्तावा राईको अध्यक्षतामा सDपन्न भएको थियो ।    

सन्तवीर लामा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %