नेपाल मगर संघले दोश्रो चरणको विरोध कार्यक्रम घोषणा गर्यो

Read Time:5 Minute, 54 Second

ज्ञानेन्द्र पुनमगर

 

  काठमाण्डौ, भाद्र ५ – नेपाल मगर संघ केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा संघको केन्द्रीय कार्यालय मगर भवन कलंकीमा आज मिति २०७२ भाद्र ५ गतेका दिन अध्यक्ष महेन्द्र थापामगरको अध्यक्षतामा बैठक बस्यो । 

सो बैठकले अहिलेको बदलिँदो राजनैनिक  घटनाक्रममा विशेषगरी मस्यौदा समितीले ल्याएको ६ प्रदेशको विरुद्धमा गरिएको बिरोध कार्यक्रमको समिक्षा गर्नुका साथै हालै मात्र ३ राजनैतिक दलको पछिल्लो सहमतिलाई केन्द्र बिन्दुमा राखेर व्यापक बहस भएको थियो ।

छलफल  पश्चात् मगर सङ्युक्त संघर्ष समितिले गरेको बिरोधको कार्यक्रम  सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै अबको आन्दोलन मगरात क्षेत्रमा झनै स-सक्त रूपमा केन्द्रित गर्ने गरि विभिन्न बिरोधको कार्यक्रम घोषणा गर्ने निर्णय समेत गरेको छ ।

जसलाई नेपाल मगर संघले आफ्नो सबै तह र तप्कालाई कडाईका साथ कार्यन्वयन गर्नगराउन निर्देशन गरेको छ ।

नयाँ सविधान निर्माणको क्रममा चार दलको शिर्ष नेताहरुले राज्यकोपूर्नसंरचनामा संघियताको सिमांकन गर्दा प्राचिन र एतिहासिक मगरात भूमिलाई टुक्रा–टुक्रा बनाएको र मगरहरुको सघन वस्तीलाई छिन्न भिन्न बनाएर विना अधारमा तयार बनाएको प्रदेशको विरोधमा पहिलो चरणमा विरोधपत्र बुझाउने, सभासदलाई खबरदारी गर्ने र विरोध प्रर्दशन सभा कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिएको तर राज्यले हाम्रा न्योचित मागहरुको सम्बोधन नगरिएको हुनाले नेपाल मगर संघले दोस्रो चरणको विरोधका निम्न कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको छ ।

क) मार्चपास तथा शक्ति प्रर्दशनः

मितिः २०७२ भाद्र ९ गते काठमाडौमा खुल्लामञ्च देखि बानेश्वर सम्म मार्चपास सहित शक्ति प्रर्दशन गर्ने ।

ख) तनहु र दाङमा मगरातको अञ्चल भेला गर्ने:   

मिति २०७२ भाद्र ११ गते प्रस्तावित ७ प्रदेशको विरोधमा तनहुँ र दाङमा मगरातको अञ्चल भेला आयोजना गर्ने । यस भेलामा प्रस्तावित मगरात भित्रका जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, तनहु, कास्की, स्याङ्जा, गोरखा, लमजुङ, बाग्लुङ, म्याग्दी र पर्वत जिल्लाबाट तनहँमा त्यसैगरि रोल्पा, रुकुम, प्यूठान, दाङ, सल्यान र डोल्पा जिल्लाहरुबाट दाङमा आयोजना हुने विरोधका लागि मगरात भेलामा सहभागिता जनाउने र हरेक जिल्लाबाट नेपाल मगर संघको जिल्ला पदाधिकारी सहित ७/७ जना सहभागिता जनाउने निर्णय भएको छ ।

ग) पत्रकार सम्मेलनः

मिति २०७२ भाद्र १२ गते राजनैतिक दलहरुको प्रतिगामी निर्णयहरुको विरोधका कार्यक्रम बारेमा जानकारी गराउनका लागि हरेक जिल्लामा पत्रकार सम्मेलन आयोजना गर्ने ।

घ) जिल्लामा विरोध सभाः

मिति २०७२ भाद्र १३ गते विना आधारमा प्रस्तावित गरिएको ७ प्रदेशको विरोधमा देशको सबै जिल्लाहरुमा विरोध सभाको आयोजना गर्ने । सोही दिन मगरात बन्दका लागि मगरातको जिल्लाहरुमा मशाल जुलुसको आयोजना गर्ने ।

ङ) मगरात बन्द कार्यक्रमः 

मिति २०७२ भाद्र १४ गते प्रस्तावित मगरातको जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, तनहु, कास्की, स्याङ्जा, गोरखा, लमजुङ, बाग्लुङ, म्याग्दी, पर्वत, रुपन्देही, रोल्पा, रुकुम, प्यूठान, दाङ, सल्यान र डोल्पामा विना आधारको अवैज्ञानिक ७ प्रदेशको विरोधमा सिठ्ठी, जुलुस र बिरोध  सभा गर्ने  र मगरात बन्द गर्ने ।

च) एक्यवद्धताका लागि आवहानः

मगरात र मगरहरुको हक अधिकार प्राप्तिका लागि विभिन्न चरणका कार्यक्रमहरुमा एक्यवद्धता सहितको सहकार्य गर्नका लागि स्वदेश तथा विदेशमा क्रियाशिल मगर संघ–सस्थाहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको नेपाल मगर संघ, केन्द्रीय समितिका सचिव ज्ञानेन्द्र पुनमगरले बैठक पछि जानकारी  दिए । 

बेलायतमा पनि मगर संघको बैठक:

यूके मगर संघको आज बसेको समितिको बैठकले नेपाल मगर संघ, केन्द्रीय समितिको आवहान अनुसार एक्यवद्धता र सहकार्य गर्नका लागि संघ तयार भएको जानकारी प्राप्त भएको छ ।

(मगर संघ यूकेको बैठक बस्दै,फोटो: नेम थापा)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %