म्युजिक भिडियोको लहर

Read Time:6 Minute, 43 Second

मनोज घर्तीमगर 

  भदौ लागे पनि पोखरामा पानीको कुनै भर छैन । नेपालको चेरापुञ्जी भनिने कास्कीमा पानी कतिबेला पर्छ पत्तो छैन ।

चर्को घाम लागे एकछिनपछि झरी भैहाल्छ । झरी लागेको केही छिनमै घाम झुल्किन्छ । घाम पानी । घाम पानी भए पनि कलाकार भने आफ्नो कला देखाउन हतारिन्छन् । उनीहरुलाई न चर्को घामले रोक्छ । न छिनमै पर्ने झरिले । कास्कीका विभिन्न ठाउँमा यतिबेला म्यूजिक भिडियो बनाउनेको ताँती देख्न पाइन्छ । यतिसम्म कि म्यूजिक भिडियो बनाउन होडबाजी जस्तै देखिन्छ ।

  दर्जनौं गीत गाइ सकेका राजु गुरुङ यहि लहरमा मिसिए शनिबार । काठमाडौंबाट म्यूजिक भिडियोकै लागि भनेर कास्की आएका उनी बन्दको परिबन्दमा परे । तैपनि उनले रातारात कास्कीको कालिका पुगेर ‘लालुपाते फुलेको वनभरी, तिमी फुल्यो यो मेरो मनभरी’ बोलको झ्याउरे गीतको म्यूजिक भिडियो छायाङ्कन् भ्याए । ‘जति राम्रो भए पनि म्यूजिक भिडियो नबनाए गीत चल्दैन, मिडियामा नआए थाह हुँदैन’ सालैजो गीतका हस्ती भनेर चिनिने उनले भने,‘म्यूजिक भिडियो बनाउनु बाध्यता भइसक्यो ।’ उनलाई नव गायिका शिला गुरुङले गाउनमा साथ दिएकी छिन् ।

कहिले गाउ“का गीत । कहिले पप रक । कहिले फिल्मका गीत । कहिले लोकदोहोरी गीत । कहिले आधुनिक गीत अनि कहिल्यै ¥याप गीतहरुको म्युजिक भिडियो बन्ने क्रम पोखरामा बाक्लिएको छ । म्यूजिक भिडियो बन्ने लहर किन बढेको छ पोखरामा ? ‘म्यूजिक भिडियो नबनाए गीत चल्दैनन्, बाध्यताले पनि धेरैलाई यता डो¥याएको हो’ लोकदोहोरी प्रतिष्ठान गण्डकीका अध्यक्ष समेत रहेका गायक जीवन दहाल भन्छन्,‘आजभोली सुन्नेभन्दा धेरै हेर्ने गीत चाहिएको छ । दर्शकस्रोता दुवैलाई एकै पटक मनोरञ्जन दिने गीतको उत्तम उपाय म्युजिक भिडियो बनेको छ ।’

गायक दहालका अनुसार सुन्नेभन्दा धेरै हेर्दे रमाउने र मज्जा लिनेहरु बढेपछि म्युजिक भिडियो बनाउनै पर्ने बाध्यता छ । जस्तोसुकै गीतको पनि म्युजिक भिडियो बनाउने चलनले निर्देशक, सिनेमाट्रोग्राफर, केही मोडललाई फलिफाप भए पनि निर्माता र गायक मारमा परेका छन् । गीत चल्ने वा नचल्ले निक्र्यौल गर्न म्युजिक भिडियोको महत्वपूर्ण भूमिका भएकाले त्यसको अनुसरण गर्नै पर्ने बाध्यता रहेको सुनाउँछन् गायक घनश्याम रिजाल । ‘म्यूजिक भिडियो बनाएर कलाकारलाई फाइदा छैन । तर, अडियोबाटभन्दा भिडियोबाट गीत प्रमोशन गर्न सजिलो छ’ रिजाल भन्छन्,‘त्यही भएर मेरो गीत आयो । फलानो टिभीमा बज्यो भनेर देखाउनलाई पनि म्यूजिक भिडियो बनाउने लहर चलेको हो ।’

पहिले अडियो मात्रै बनाए पनि गीत चर्चाको शिखरमा पुग्थे । आजभोली म्यूजिक भिडियो बिनाका गीत नुनबिनाका तरकारी जस्तै लाग्छन् धेरैलाई । गायक गायिकाहरु दर्शक स्रोता बाँध्नलाई गीतसंगसंगै म्युजिक भिडियो पनि उत्तिकै राम्रो बनाउनुपर्ने बाध्यतामा छन् । केही गीत त तीनका शब्द र स्वरले भन्दा मोडल हल्लेको भरमा चल्छन् । त्यही भएर पोखरामा महिनामा ५०/६० वटा वटा म्युजिक भिडियोहरु निर्माण हुन्छन् सरदरमा । काठमाण्डौंबाट म्यूजिक भिडियो छायाङ्कन गर्न आउनेलाई जोड्ने हो भने, त्योभन्दा चार गुणा बढी भ्यूजिक भिडियो बन्छन् ।

पोखराका विभिन्न प्रोडक्सन हाउसहरुले म्युजिक भिडियोहरु बनाईरहेका छन् । हप्तैपिच्छे यहाँ नयाँनयाँ एल्बम पनि रिलिज भइरहेका छन् । तीनका म्यूजिक भिडियो बनेकै छन् । म्यूजिक भिडियो नबनाइएपछि गीतको प्रचारप्रसार कम हुने र चल्न पनि गाह्रो हुने धेरै गायकगायिकाको अनुमान छ । नेपाली सांगीतिक क्षेत्र धराशायी हुँदै गएपनि गीत रेकर्ड गराउने र म्युजिक भिडियो बनाउनेहरुको संख्या बढेको छ । ‘गीत राम्रो भए पनि स्रोता माझ पुग्न गाह्रो हुने भएकाले म्यूजिक भिडियो बनाउनै पर्छ’ गायक सुरज आचार्य भन्छन्,‘नत्र कसैले पनि गीतबारे थाह पाउँदैनन् ।’

म्यूजिक भिडियो नबनाइएका गीतहरु दर्शकको दिमागमा सम्झनै आउन नसक्ने भइकसकेका छन् । जताततै टेलिभिजनको सहज पहुँच, यूटुब, अनलाइन, फेसबुकको जमाना भएकाले म्यूजिक भिडियो बन्ने क्रम बढेको हो । टेलिभिजनमा देखिएका गीतहरु एकपटक सुन्ने र हेर्ने बित्तिकै दर्शकले सम्झिने भएकाले हरेक गीतका म्यूजिक भिडियो बन्ने गरेको म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट बताउँछन् । ‘म्यूजिक भिडियो नबनाइएका गीत दर्शकको नजरमा पर्नै छाडिसके’ महिनामा २०/२५ वटा सम्म म्यूजिक भिडियोको निर्देशन गर्ने प्रकाश भन्छन्,‘गायकगायिकाले पनि व्यापारिक फाइदा लिन सजिलो हुने भएकाले म्यूजिक भिडियोलाई नै जोड दिन्छन् ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %