मनोज घर्तीमगर
गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को अध्यक्षमा बेदबहादुर गुरुङ श्याम दोहोरिएका छन् ।
शनिबार पोखरामा भएको चौथो राष्ट्रिय अधिवेशनले पुनः बेदबहादुरकै अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षम राजबहादुर गुरुङ (राजेश), द्धितिय उपाध्यक्ष सुवेदार जसबहादुर गुरुङ, महासचिव प्रितम गुरुङ र कोषाध्यक्ष गिरीप्रसाद गुरुङ निर्विरोध चयन भए ।
जिफानको प्राविधीक विभाग प्रमुख प्रेमबहादुर गुरुङ, आर्थिक विभाग राजेश गुरुङ(सानु), निर्देशक निर्माता विभाग नौजंग गुरुङ, गीत संगीत विभाग नरजंग गुरुङ, बजार व्यवस्थापन विभाग भोजबहादुर गुरुङ, भाषा सँस्कृति विभाग गुञ्जबहादुर गुरुङ, महिला विभाग रसिला गुरुङ, संघ संस्था समन्वय विभाग बलबहादुर गुरुङ र प्रचार प्रसार विभाग प्रमुखमा लब्सन गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा थमन गुरुङ, निस्ता गुरुङ, धनकुमारी गुरुङ, तीर्था गुरुङ, माया गुरुङ, पवित्रा गुरुङ, सपना गुरुङ र धनबहादुर गुरुङ चयन भए । निर्वाचित महासचिव प्रितम गुरुङ, प्रचार प्रसार विभाग संयोजक लब्सन गुरुङ, सदस्यहरु माया गुरुङ, पवित्रा गुरुङ र सपना गुरुङले तत्कालै राजीनामा दिए ।
सहमतिको नाउँमा गुटबन्दी गरी अक्षमहरुले भरिएको कार्यसमितिले जिफानको उद्धेश्य प्राप्ति नहुने भएकाले समयमै राजीनामा दिएको उनीहरुको भनाई थियो ।