साइप्रसका नेपाली माझ जनमुक्ति लोकप्रिय

Read Time:3 Minute, 27 Second

बिभिन्न पार्टी परित्याग गरि जनमुक्तिमा प्रवेश गर्नेको लर्को 

कर्म पहाडी शेर्पा

  साइप्रस,१८ अगष्ट  गएको १५ अगष्ट  शनिबारको दिन न्यू नेपाली रेस्टुरेन्ट फेस साइप्रसको पर्यटकिय शहर निकोसिया स्थित संघिय परिसद सदस्य तथा जनमुक्ति मंच बेलायतका कमानसिँ (कर्मा पहाडी) शेर्पाको प्रमुख आतिथ्यमा र राष्ट्रिय जनमुक्ति पार्टीको संघिय परिसदका सदस्य तथा मंचका अध्यक्ष रमिला राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको छ ।

अवधारणामा आचरण तथा सिद्धान्तको ठीक विपरित भएकोले आफ्नो ईतिहास पहिचान र अस्तित्व बचाउनका लागी कांग्रेस, एमाले, माओवादी पार्टीका कार्यक्रताले पार्टी परित्याग गरी दर्जनौ नयाँ युवा जनशक्तिहरूले, राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

 

“एकता नै आजको आवश्यकता” भन्ने अभियानका साथ स्थापित यूरोपको राष्ट्रिय जनमुक्ति पार्टी प्रवास समिति र बिद्यार्थी  युनियन प्रवास समिति जनमुक्ति मंच संग सम्वद्ध रहँदा सुरक्षित हुने बताउदै नेपालको मूलधारको राष्ट्रिय जिम्मेवारीमा सामेल हुन अवसर पाउने विध्यार्थी एकता युनियनका अध्यक्ष समिर श्रेष्ठले पार्टीको विधि, विधानका वारेमा सभामा सम्बोधन गर्दै बताएका थिए ।

प्रमुख अतिथि शेर्पाले नेपालको राजनीतिकमा नेपाली जनमानसलाई नयाँ मार्ग दर्शनको खाँचो भएको तर नेपालका चारदल भनाउँदा पार्टीले जनताहरूलाई खरबौ खरब राष्ट्रको दुकुटी दुरूपयोग गरी निराधार छ प्रदेशमा सिमाङ्कन गरेकोले अहिले देशमा हिँसा उत्पन्न गरेकोमा आफु आवद्ध राष्ट्रिय जनमुक्ति पार्टीले नालायक सरकार प्रति खेद प्रकट गर्दै गम्भिर ध्यानाकर्षण भएको साथै अब आइपर्ने परिस्थितिमा विश्व जनमुक्ति मंचले प्रवास मै रहेर पनि नेपालको राजनीतिकमा महत्वपुर्ण योगदान पु-यान सकिने दाबी गरे ।

विद्यार्थी युनियन एकताका समिर श्रेष्ठ, उप-अध्यक्ष, अनु तामाङ आर्थिक विभाग सचिव र सुरेन मानन्धर सचिवमा मनोनयनमा परेका छन् भने, मंचको २१ सदस्य कार्य समितिलाई सभापति राईले कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीमा प्रवेश सम्पुर्ण नयाँ युवा जनशक्तिहरूलाई स्वागत तथा बधाई दिदै जनमुक्ति मंचको एकता नै शक्ति हो र शक्तिले मात्र सबै काम गर्न सम्भव हुने भनाई राख्दै कार्यक्रम विसर्जन भएको घोषणा गरेको थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %