माझ गाउँ चिनाउन डकुमेन्ट्री

Read Time:1 Minute, 35 Second

मनोज घर्तीमगर

  कास्की लुम्लेको माझ गाउँलाई चिनाउन एकैसाथ डकुमेन्ट्री र म्युजीक भिडीयो बनाइएको छ ।

माझ गाउँको पर्यटकीय स्थल र गुरुङ संस्कृतीलाई भिडियोमा समेटीएको छ । कृष्णकुमार गुरुङले निर्देशन गरेको डकुमेन्ट्रीलाई भुपालकुमार गुरुङ र सन्तोष कोन्मेले खिचेका हुन् ।   सँगसँगै भकारी एडभर्टाइज कम्पनीले बनाएको म्युजिक भिडीयोमा पनि बिशेषत गाउँकै गुरुङ संस्कृती र त्यहाँबाट देखिने दृश्यहरुलाइ झल्काउन खोजीएको छ । माझगाउँ रमाइलो बोलको गीतमा माया गुरुङको स्वर भरेकी छिन् भने कृष्णकुमार गुरुङको शब्द छ ।

  रोश्नी गुरुङ कोरीयोग्राफी अमन गुरुङले सहकोरीयोग्राफी गरेको भिडियोमा मोडल सुस्मिता गुरुङ मुख्य भुमिकामा देखिएकी छिन् । मिनु गुरुङको व्यस्थापनमा बनेको भिडीयोमा राजु वाइबाले मेकअप गरेका छन् ।

करिब साढे २ लाखको लगानीमा बनेको भिडीयोलाई जगन गुरुङ र सुर्य गुरुङले निर्माण गरेका हुन् ।

तस्वीर : भुपाल कुमार गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %