मनोज घर्तीमगर
मोडलिङ क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो इभेण्ट मिगमी सिजन–थ्रिको पोखरा अडिसनबाट ९ जना मोडल छनौट भएका छन् ।
विभिन्न ठाउँबाट आएका ७० जनाबाट उनीहरु छनौट भएका हुन् । इमेज च्यानलद्वारा आयोजित प्रतियोगिताको लागि क्याटवाक, लुक्स, हाइट, बोलीचोली, प्रतिभालाई आधार बनाएर अडिसन लिइएको हो । काठमाडौंबाहिर रहेर मोडलिङ गर्दै आएकाहरुको पहु“च पनि केन्द्रसम्म पुगोस भनेर इमेल च्यानलले तेस्रो संस्करणको अडिसन लिन पोखरासम्म आइपुगेको हो । अडिसनको निर्णायकमा कोरियोग्राफर प्रशान्त ताम्राकार, किशोर कायस्थ, नायिकासमेत रहेकी भलिबल खेलाडी सिपोरा गुरुङ थिए ।
पोखरामा यसअघि सम्पन्न विभिन्न व्यूटी कन्टेष्टमा भाग लिएका मंजिता खनाल, अनुषा श्रेष्ठ, रिता अधिकारी, मिस पोखरा रश्मी अधिकारी पनि सो अडिसनमा सहभागी थिए । पूर्वको धरानमा भएको अडिसनमा १७ जना छनौट भएका छन् । तेस्रो तथा अन्तिम अडिसन काठमाडौमा हुनेछ । अडिसनपछि २५ सातासम्म निरन्तररुपमा टेलिभिजनबाट प्रसारण गरिने कार्यक्रम संयोजक रंजन अधिकारीले जानकारी दिए । मिगमी सिजन–थ्रिको उपाधि विजेताले २ लाख नगदसहित बैंकक टुर पाउने छ । साथैराष्ट्रिय तथा अन्तर्राष्ट्र्रिय क्षेत्रमा अवसर मिल्नेछ ।
अडिसन गर्न होटल बाराही, जक्सन डटकम, साइबर संसार डटकमले सहयोग गरेका थिए ।
तस्वीर :जक्सन डटकम