दर्शक माग बढेपछि फेरी धौली

Read Time:1 Minute, 56 Second

मनोज घर्तीमगर

दर्शकको माग बढेपछि नेपाली फिल्म धौलीको पोखरामा फेरी विशेष प्रदर्शनी भएको छ ।

यसअगाडि प्रदर्शनी भैसकेको धौलीलाई फेरी तोल्का युनिटी गाईजले प्रदर्शन गरेको हो । पोखरामा यसअघि सफल च्यारिटी सो भए पनि दर्शकको माग अनुसार फेरी फिल्म प्रदर्शन गरेको निर्देशक घनश्याम लामिछानेले बताए । शनिवार विन्ध्यवासीनी चलचित्र मन्दिरमा भएको शो हेर्न दर्शक खचाखच थिए । प्रदर्शनीबाट उठेको रकम मध्ये नाफाको २५ प्रतिशत लुम्ले र ठुलाखेतका पहिरो पीडितलाई प्रदान गरिने निर्देशक लामिछानेले जानकारी दिए ।

पोखरामा पहिलो पटक भएको धौली प्रदर्शन निकै रुचाइएको थियो । त्यसपछि निर्माण यूनिटले फिल्मलाई लेखनाथ, दाङ, हेटौडा, मलेसियाका विभिन्न स्थानमा प्रर्दशन गरिसकेको छ । यूरोपका सम्पूर्ण देशहरुको अधिकार पोखराकै रिगेन गिरीले निर्माण यूनिटसँग किनेका हुन् । त्यस्तै यूके अधिकार पनि विक्रि भैसकेको छ ।

५० लाख रुपैयाँ फिल्मको लागत हो ।फिल्ममा गजित विष्ट, अनु शाह, गीता अधिकारी, प्रकाश घिमिरे, विद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार, तेज गिरी, शम्भु थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । शम्भु थापा, किरणकुमार आत्रेय र सन्तोष आत्रेय फिल्मका निर्माता हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %