मिति २०७२ श्रावण ३१ र ३२ गतेका दिन राष्ट्रिय जनमुक्ति पार्टी लगायतका दलहरुले, नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गरी ४ पार्टी विच भएको १६ बुँदे सहमति माथि टेकेर नेपालको संविधान–२०७२ को प्रारम्भिक मस्यौदा वनिसकेकोले त्यो जनविरोधी संविधानको विरुद्धमा काठमाण्डौ जिल्लाको कोटेश्वरमा आज पहिलो दिन पार्टी उपमहासचिव रविन्द्र थिङ नेतृत्वको टोलिले शान्तिपूर्ण बन्दको आव्हान गर्दा नेपाल शसस्त्र प्रहरीले जवरजस्त पक्राउ गरी लगेको हुँदा नेपाल सरकारको घोर भत्र्सना गर्दछौं ।
पक्राउ गरी लगिएका पार्टी उपाध्यक्ष अमरध्वज लामा, अटलमान राई, सहमहासचिव टेक बहादुर तामाङ, उपमहासचिव रत्न राना, डि.के. सूर्यवंशी, लिम्बु प्रकाश आङवुहाङ, टंक अग्री, वेल बहादुर तामाङ, कर्ण स्याङताङ, सूर्य साम्बाहाम्फे, गंगा माया तामाङ, चन्द्र बहादुर तामाङ, राम बहादुर तमाङ, डोल्मा लामा, विशाल लामा, अमृत थिङ, राम कुमार श्रेष्ठ, सन्तोष कार्की, संजय पहरी, वेलि लामा, सन्तोस तामाङ, छेवाङ तामाङ र अन्यलाई यथासिघ्र रिहाई गरियोस ।
यदि रिहाई गरिएन भने यो आन्दोलन भोलिका लागि मात्र होईन निरन्तर देशव्यापी रुपमा सशक्त गरिने छ ।
मिति २०७२/४/३१ गते
एम.एस.थापा
अध्यक्ष