काठमाडौँ, १७ माघ
संवैधानिक समितिको आज बसेको बैठकले संविधान लेखनका क्रममा विवादित ८३ वटा विषयमा सहमति खोज्दै एकीकृत मस्यौदा तयार पार्ने निर्णय गरेको छ । समितिले भोलिदेखि नियमित बैठक गर्ने र प्रारम्भमा शासकीयस्वरूपका विषयमा छलफल हुने समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिए ।
विभिन्न समितिले संवैधानिक समितिलाई पठाएका सातवटा प्रतिवेदनका विवादित ती विषयमा छलफल गरी एकीकृत मस्यौदा तयार पार्न लागिएको उहाँले उल्लेख गरे । संविधानको मस्यौदा लेखन प्रक्रिया प्रारम्भ भइसके पनि विवादित विषयले गर्दा पूर्ण रूप दिन कठिन भएको पनि सभापति आचार्यले बताए ।