नेपाल मगर संघ युएईको महाधिवेशन १५ जनवरीमा हुने

Read Time:2 Minute, 59 Second

सुर्य आलेमगर

युएई,१५ अगष्ट  – नेपाल मगर संघ युएईले, आफ्नो केन्द्रीय समिति पुनर्गठन गर्दै आगामी १५ जनवरी २०१६ मा युएईको ऐतिहासिक नगरी अलेनमा संघको सातौ महाधिवेशन गर्ने निर्णय गरेकोछ ।

गत १४ अगष्ट शुक्रवार, अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षता र भूपू.अध्यक्ष हरि घर्तीमगरको आतिथ्यमा,आबुधाबीको हम्दाम कर्नेसपार्कमा बसेको संघको १३ औ बैठकले उक्त निर्णय गरेको हो ।

पुनर्गठित २५ सदस्यीय कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष राम थापामगर, उपाध्यक्ष एवं १८ मगरात प्रमुखमा हिक्मत रोकामगर, उपाध्यक्ष एवं १२ मगरात प्रमुखमा मिनु रानामगर, उपाध्यक्ष जनसम्पर्क मनोज काउछामगर,महासचिव सुर्य आलेमगर,कोषाध्यक्ष प्रमिला थापामगर,सचिव हेमा लुन्गेली मगर,सचिव दिप बुढामगर,प्रवक्ता लक्षमण बलाम्पांगी मगर रहेका छन् ।

 

बिभाग प्रमुखहरुमा क्रमसः संगठन विभाग दुर्गा थापामगर प्रशिक्षण विभाग यम रानामगर,महिला विभाग निर्मला घर्तिमगर अनुशासन विभाग सिर्जना रानामगर,खेलकुद विभाग केशर थापामगर र साँस्कृतिक विभाग प्रमुखमा माया खान्दुलुक मगर रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा क्रमस: सुशीला दर्लामी मगर,रमेश थापामगर,शिव घर्तिमगर,ढी.बि.प्यासी मगर र सन्त थापा मगर,सेर बहादुर घर्तिमगर,युवराज मगर,खेम मगर र दिलु रानामगर रहेका छन् ।

यसैगरी प्रिथिछक बुढामगर प्रमुख संरक्षक रहेको ५ सदस्यीय संरक्षक समितिमा कैलाश खामपुनमगर,टपन घर्तिमगर,समाजसेवी द्वय मिठु रानामगर र अर्जुन गारंजा मगर रहेका छन् ।

साथै संघको सातौ महाधिवेशन मगरहरुको प्रमुख चाड माघेसक्रान्तिको अवसर पारेर माघ १ गते (१५ जनवरी २०१६) मा युएईको ऐतिहासिक नगरी अलेनमा गर्नेगरी उपाध्यक्ष मिनु रानाको संयोजकत्वमा महासचिव सुर्य आलेमगर,सचिव दिप बुढामगर,सचिव हेमा लुंगेलीमगर,प्रवक्ता लक्षमण बलाम्पांगी मगर,सास्कृतिक विभाग प्रमुख माया खान्दुलुकमगर, खेलकुद बिभाग प्रमुख केशर थापामगर,समेत रहेको ७ सदस्यीय तयारी समिति चयन गरीएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %