राज्यसत्ता,
हंगकंग, १३ अगष्ट –आदिवासी जनजाति महासंघ हंगकंगको आयोजनामा १० अगष्टका दिन सम्पन्न एक्काइसैां विश्व आदिवासी दिवसको प्रमुख आतिथ्य ग्रहण गरी सम्बोधन गर्दै गंगा खासु मगरले अहिलेको संबिधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दाको बारेमा त्यस्तो केही उल्लेख नभएको र आदिवासीको हकमा राज्यको हरेक अंगमा समानुपातित प्रतिनिधित्व चाहिने बताइन ।
त्यसैले सुझाब सहित पुर्नलेखन हुनु पर्ने माग राखिएको र यसो नभए आन्दोलनको विकल्प नभएको बताइन । महिलाहरूको हक अधिकारको लागि पनि देश विदेशमा भएका महिलाहरू एक हुने समय आएको बताइन । खासु मगर नेपाल मगर महिला संघकी के.सका अध्यक्ष , नेपाल आदिवासी जनजाति संर्घष समितिकी कोषाध्यक्ष , नेपाल आदिवासी जनजाति महिला महासंघकी महासचिब र राष्ट्रिय जनमुक्ति पार्टीकी पोलिट ब्युरो सदस्य हुन । उनि बुटवल बाट प्रकाशित साप्ताहिक राज्यसत्ताका उपसम्पादकमा लामो समय सम्म काम गरेका अनुभबि पत्रकार समेत हुन ।
कार्इ फोङग हल चिम सा सुर्इमा सम्पन्न उक्त कार्यक्रममा देव पचभैया मगरले विशेष आतिथ्य ग्रहण गरी सम्बोधन गरेका थिए । पचभैया मगर पाल्पा श्रीनागर एम एमका स्टेशन मेनेजर सहित फोनिजका क्षेत्रिय संयोजक , विविसीका सम्बाददाता,हिमाल खबर पत्रिकाका सम्बादाता,उज्यालो एफएम ९० नेटवर्क साथै राज्यसत्ता डट कमका पत्रकार हुन ।
आदिवासी बर्ष पुरूष र बर्ष महिलामा कुमार गुरूङ र रचना प्रधान सम्मानित भएका छन । जातिय संस्थाहरूले झाँकी पनि प्रस्तुत गरेका थिए । आदिवासी जनजाति महिला महासंघ टीका रानाको संयोजकत्वमा गठन गरीएको छ ।
एनआरएनका अध्यक्ष ललित सुब्बा,नेपाली महासंघका अध्यक्ष रीता गुरूङ लगायत अन्य अन्य अतिथिहरूले पनि बोलेका थिए । संघका पुर्व अध्यक्ष भुपेन्द्र चेम्जोङले दिवसको बारेमा जानकारी दिएका थिए । आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगरले समापन सम्बोनध गर्दै हाम्रो हक अधिकारको लागि आन्दोलन जारी छ भन्दै सवै जनालार्इ सहयोग गर्न आह्वान गरेका थिए । महासचिब हस्त मास्वाको सञ्चालनमा उपाध्यक्ष दुर्गा गुरूङले स्वागत मन्वब्य दिएका थिए ।