राजेश थापा
अहिले हिन्दु राज्यको माग राखेर खासगरी नेपालका बाहुन र क्षत्री (पहाडे र मधेसी ) दुवै सडकमा आएका छन् ।
नेपाल बहुधार्मिक राज्य हो भन्ने बुझ्दा बुझ्दै पनि उनीहरुले हिन्दु राज्यको माग गर्नु भनेको लोकतन्त्रको खिल्ली उडाउनु हो । लोकतन्त्रमा कम्तिमा धर्म, भाषा, संस्कार- संस्कृति र लिंगीय समानता हुने विश्वब्यापी मान्यता छ । लोकतन्त्रमा एउटा धर्म (हिन्दु) को जय र अरु धर्मको पराजय चाहनेहरु निरंकुसताका हिमायतीहरु हुन् ।
उनीहरुको तर्क छ , हिजो पनि हिन्दु राज्य थियो अब पनि हिन्दु राज्य नै रहनु पर्छ । तर उनीहरु प्रस्ट पार्न चाहन्नन् हिन्दु राज्य कहिलेबाट थियो र कस्तो अबस्थमा थियो ? पृथ्बीनारायण शाहले एकीकरण गरेर थालनी गरेको केन्द्रिकृत राज्यको इतिहास २५० बर्षको हाराहारीमा छ । यहि २५० बर्षको अन्तरालमा नै हिन्दु धर्मको नाममा असमानताका ठुला -ठुला पहाडहरु ठड्याउने काम भएकोछ । १०४ बर्ष लामो राणाकालमा राणा र बाहुनहरुले मात्र पढ्न पाउने व्यवस्था यहि हिन्दु धर्मको आडमा गरियो ।
राणा शासनको बिरोध गर्ने धर्म भक्त माथेमा,दशरथ चन्द, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री हरुलाई मृत्यु दण्ड तर टंक प्रसाद आचार्यलाइ चारपाटा टाउको मुडेर मात्र छाड्ने काम पनि यहि हिन्दु धर्मकै कारण थियो । किन भने ब्राह्मण हत्यालाई ठुलो पाप हुने र त्यो दश गाईकोको हत्या समान हुने हिन्दु मान्यता राणाहरुमा रहेको थियो ।
राजा महेन्द्रले शुरु गरेको निरङ्कुश पंचायती व्यवस्थालाइ हिन्दुस्थानीहरुको आशिर्बाद लिनको लागि २०१९ सालको संबिधानमा पहिलो पटक हिन्दु अधिराज्य भन्ने शब्दावली राखियो । अहिले हिन्दु राज्यको मागको लागि सडकमा आउनेहरु इतिहास अध्ययन गरेर होइन, लोकतन्त्रको मूल्य, मान्यतालाइ बुझेर होइन खाली हिन्दुस्थानी (भाजपा)को सिता खाएर गीता आउनेहरुको माखे साङ्लोमा फसेकाछ्न । भावनामा बगेर हिन्दु राज्यको मागको पछी लाग्ने युवा, युवतीहरुले कम्तिमा भाबी नेपालको मार्ग चित्र कोर्न जरुरीछ । नेपाल एक जात , एक धर्म, एक भाषा, एक संस्कृतिको तोरीबारी बनाउने की सबै धर्म, संस्कार -संस्कृतिको सम्बृद्ध साझा फुलबारी ? हामी सम्बृद्ध सार्बभौमिक सत्ता सम्पन्न राष्ट्र बनाउने की तासको घर जस्तो राज्य ?
हिन्दु राज्यको माग राख्नेहरु सार्बभौमिक सत्ता सम्पन्न नेपाल राष्ट्रका दमिराहरु हुन् । पहिलो कुरो त हिन्दु शब्द नै अपवित्र शब्द हो । जब हालको भारतमा मुगल शासकहरुको जीत भयो त्यस पश्चात हिन्दु शब्दको उत्पति भएको देखिन्छ । सिन्ध नदी र सिन्ध उपत्यकामा बसोबास गरिरहेका गयर मुस्लिमहरुलाई मुस्लिमहरुले पर्योग गरको शब्द नै हिन्दु शब्द हो । मुस्लिमहरुले सिन्ध उपत्यकामा बसोबास गर्ने मुस्लिमइतरका मानिसहरुलाई हेयको दृष्टिबाट हिन्दु भन्ने गरेको इतिहासविदहरुको ठहर छ । उर्दु र फारसी शब्दकोषमा हिन्दुको अर्थ चोर,फटाहा, लुटाहा आदि भन्ने हुन्छ । भलै पछी हिन्दु शब्दबाट स्थापित भै सकेका सिन्धबासी भारतीयहरुले हिन्दु शब्दको पवित्रताको लागि नया कृतिम परिभाषा अघि सारेको देखिन्छ ।
अहिले हिन्दुबादीहरुको नया परिभाषा चाही उर्दु र फारसी भाषाको उचारणमा शब्दको पहिलो अक्षर (Initial position) मा “स” आए त्यसलाई “ह” उच्चारण हुने भएकाले सिन्धबाट हिन्द भएको जिकीर रहेकोछ । तर यो परिभाषा आफैमा बिरोधाबास छ किनभने सिन्ध उपत्यका र सिन्ध नदीको आसपास बस्नेहरु हिन्दु भए भनेर त भनियो तर आज पनि सिन्ध उपत्यकाको नाम र सिन्ध नदीको नाम भने हिन्द नभएर सिन्ध नै छ । यहि उर्दु र फारसी भाषाको उचारणमा शब्दको पहिलो अक्षर (Initial position) मा “स” आए त्यसलाई “ह” उच्चारण गर्ने भएकै आधारमा सिन्धबाट हिन्द भएको भए सिन्ध उपत्यका र सिन्ध नदीको नाम पनि हिन्द उपत्यका र हिन्द नदी हुने पर्ने थियो ।
अब प्रश्न उठ्छ हिन्दु लाइ धर्म मान्ने की नमान्ने ? उतर पनि सहज छ ,यदि हामी नेपालीपन र नेपालीत्वमा गर्ब गर्छौ, सार्बभौम सात्त संम्पन्न सम्बृद राष्ट्रको कल्पना गर्ने हो भने हिन्दु सम्प्रदायलाइ धर्म मानन् सकिदैन् । अहिले नेपालमा जसले हिन्दु हु भनि रहेको छ, उनीहरुको वास्तविक धर्म फरक छ । ब्राहमणहरु र तराई -मधेसका क्षत्री (राजपुत)हरुको हकमा बैद्धिक धर्मनै उनीहरुको वास्तविक धर्म हो जसको भारतीयहरुले जग बसाएका थिए ।
खस जाती {पहाडे छेत्री (क्षेत्री)}हरुको भने सनातन कुल -मष्ट धर्म नै आफ्नो मौलिक धर्म हो । अब आफ्नो पन र आफ्नो धर्म संस्कार,संस्कृति सहितको सम्बृद नेपाल रोज्ने हो भने हिन्दु भएर होइन सनातन कुल- मष्ट धर्मको रक्षा र विकासबाट मात्र सम्भब छ ।
तस्विर श्रोत :-गूगल