टिका दर्लामी ,लन्डन
८ अगस्ट २०१५
श्रदय गुरुआमा क्षान्तिवती ज्युलाई ८ अगस्त २०१५ मा मगर बुद्धिस्ट सोसाइटी यु के द्वारा विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
२५५९औं बुद्ध जयन्ति उत्सव कार्यक्रममा मगर संघ यु. के. को निमन्त्रणामा नेपाल देखी पाल्नु भएकी अनागारिका श्रदेय गुरुआमा क्षान्तिवती ज्युको बिदाई कार्यक्रम मगर बौद्ध समाज यु. के.को तर्फ बाट ८ अगस्ट २०१५ शनिबारको दिन पश्चिम लण्डनको साउथहल बुद्ध विहार एन्ड डा. अंबेड्कर सेन्टरमा आयोजना गरिएको थियो ।
उक्त दिनको कार्यक्रममा आमन्त्रीत पाहुनाहरुमा मगर बौद्ध समाज हङ्कङका निबर्तमान अध्यक्ष श्री प्रेम गलामी मगर ज्यु, लुम्बिनी नेपलिज बुद्ध धर्म सोसाइटी (LNBDS UK) का तर्फबाट शुभ शाक्य र नानी शोभा शाक्य, साउथल बुद्ध विहार एन्ड डा. अंबेड्कर सेन्टरका महासचिब सि गौतम ,र साउथल बुद्ध विहारका सचिब श्रीमान श्रीमती एच विर्दी ज्यु लगायतका अतिथिहरु उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै हङ्कङ बाट पाल्नु भएका प्रेम गलामीले बुद्ध शिक्षा आजको आवश्यकता बारे प्रकाश पार्दै यु के मा पनि मगर हरुमा बुद्ध शिक्षाप्रती लगाव देखेर हर्शित भएको व्यक्त गरे भने अंबेडर सेन्टरका एच विर्दिले बुद्ध नेपालमै जन्मेको प्रती कोही पनि भ्रम्मा नपर्न आग्र्ह गरे उनी कहाँ जन्मे भन्दा पनि अहिलेको अवस्थामा बुद्ध शिक्षा कस्ले ग्रहन गर्दछ त्यो ठुलो रहेको बताए भने भारतमा व्यापक छुवाछुत र जाती प्रथाको शिकारबाट उन्मुक्ती पाउन धेरै दलितहरुलाई डा.आम्बेड्करको ठुलो भूमिका रहेको जनाए भने बुद्ध कालिन समयमा बोलिने पाली भाषा नै अहिलेको हिन्दी ,पन्जाबी, नेपाली आदिको जननी रहेको पनि जानकारी दिए । साउथल बुद्ध विहारको उद्द्घातन पनि नेपाली भिक्खुले नै गरेको जानकारी दिए ।
उक्त कार्यक्रमामा गुरुआमाको रेख देख मा अहोरात्री खट्नु हुने उपासिका सरला राना मगरलाई मगर संघ यु के र मगर बुद्धिस्ट सोसाइटिको तर्फबाट सम्मान गरिएको थियो भने गुरुआमाको तर्फबाट मगर बुद्धिस्ट सोसाइटीलाई केही नगद रकम चन्दा प्रदान गर्नु भएको थियो ।
उक्त अवसरमा बुद्ध पुजा र भोजनदान कार्यक्रम रहेको थियो ,कार्यक्रमको सन्चालन टिका दर्लामीले गरेका थिए भने कार्यक्रममा उपस्थित भएका सम्पुर्ण कार्य समितिका पदाधिकारि,सल्लाहकार, समाजका सबै सदश्य, आमन्त्रीत पाहुनाहरु तथा सबै शुभ चिन्तक,हल उपल्ब्ध गराइदिने साउथल बुद्ध बिहार एन्ड अंबेड्कर सेन्टर,पदाधिकारी सम्पूर्ण लाई मगर बुद्ध समाज यु. के।का अध्यक्ष कृष्ण दर्लामीले साधुवाद व्यक्त गरेका थिए । कार्यक्रम बिहानको १० बजे देखी सुरु गरिएको थियो भने समापन बेलुकी १७:३० बजे भएको थियो ।