सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो- डा.ओम गुरुङ

Read Time:4 Minute, 43 Second

कमान सिं (कर्मा पहाडी) शेर्पा

  लन्डन ,अगस्ट १० – आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता डा. ओम गुरुङले ४ दलको बीचमा भएको नामांकन विनाको ६ प्रदेश कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् ।

२१औं विश्व आदिवासी दिवसको अवसरमा बेलायत आएका डा. गुरुङले यस्तो बताएका हुन् । सो अवसरमा नेपाल आदिबासी जनजाति महासंघ बेलायत, नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ बेलायतको संयुक्त आयोजनामा गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा. गुरुङले मध्यरातमा भएको ६ प्रदेशको सहमति पहिचानको वकालत गर्नेहरुलाई युद्धको निम्तो भएको बताए ।

  “तिमीहरु सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दिएको छ । अब त्यसविरुद्ध सशक्त आन्दोलनको विकल्प छैन । हामीले आन्दोलनको आँधीवेहेरी सृष्टि गर्नैपर्छ”, डा. गुरुङको भनाइलाई उदृत गर्दै महासंघ बेलायतका महासचिव कमान सिं (कर्मा पहाडी) शेर्पाले राज्यसत्तालाइ जानकारी गराए । 
आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुला छन्त्यालको अध्यक्षतामा आयोजित सो कार्यक्रममा ‘पहिचानसहितको संघीय संविधानको आवश्यकता, नेपालमा आदिवासीहरुको हक अधिकार स्थापित गर्न नेपाल आदिवासी जनजाति महासंघले गरि रहेका र चलिरहेका आन्दोलनलाई आज ससक्त भूमिका खेल्न सकिन्छ, र अबको दायित्व के’ भन्ने विषयमा अन्तरक्रिया भएको महासचिव शेर्पाले बताए ।

  संघीय समाजवादी फोरमका वैकल्पिक केन्द्रीय सदस्य भगवान चाम्लिङ, स स प युकेका अध्यक्ष धर्म तामांग, राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिसदका सदस्य थर्क राना, राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिसत सदस्य तथा नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतका अध्यक्ष कमला थापा, पहिँचान सहितको संघियाबदी मोर्चाका संयोजक पदम गाहा मगर, संघिय लिम्बुवान समाज   युकेका बरिष्ट नेता लोकेन्द्र तबेबुंग, दिवसका बिशिष्ट अतिथि पूर्व राजदुत डा. नोवेल किशोर राई, बिशेष अतिथि सगरमाथा टेलिभिजनका गणेशमान गुरुङ, बिशेष अतिथि महासंघ बेलायतका निबर्तमान अध्यक्ष श्री प्रसाद लिम्बु, नेपाल आदिबासी जनजाति महासंघ नेपालका पूर्ब सचिब भक्त दुरा,विश्व सहित्य महासंघका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्षका प्रत्यासी उमेद्वार विश्वास दीप तिगेला, महासंघ बेलायतका निबर्तमान महासचिब नरेश कंगमांग राई लगायतका बक्ताहरुको साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा बेलायतमा रहेका आदिवासीहरुको उपस्थिति उल्लेख्य रहेको थियो ।

  कार्यक्रम विहान १० बजेबाट सुरु भई बेलुकी १० बजेसम्म सञ्चालन भएको थियो ।
दुई भागमा विभाजन गरिएको कार्यक्रममा अन्तरक्रियात्मक औपचारिक कार्यक्रमपछि नेपाल आदिबासी जनजातिहरुको सस्कृति झल्काउने कार्यक्रममा चर्चित नेपाली लोकगायिका देवी घर्तीमगर लगायत विभिन्न जातीय कलाकारहरुको प्रस्तुतिमा नाचगानसहित भव्य रुपमा सम्पन्न भएको थियो । सास्कृतिक कार्यक्रमको संचालन नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतकी सचिब भावना परिस्क्रित  सुनुवारले गरेकी थिइन ।

फोटो : शान्ती कुँवर  मगरको फेशबुकबाट  


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %