मनोज घर्तीमगर
पर्यटकिय गाऊँ घान्द्रुकको बारेमा धेरै गीतहरु बनिसकेका छन् ।
कास्कीमा गाऊँको बारेमा गीत र भिडियो बनाउने सँस्कारको शुरुवात गर्ने श्रेय पनि घान्द्रुकलाई नै जान्छ । यद्यपी घान्द्रुकबारे गीतहरु बन्न छाडेको छैनन् । पछिल्लो उदाहरण हो, ‘जीवनमा एकपल्ट पुग्नैपर्ने ठाऊँ, घान्द्रुक गाऊँ’ । क्या. कमल गुरुङले लेखेको यो गीतको म्युजिक भिडियो आईतबार पोखरामा सार्वजनिक भएको छ ।
ब्रेँज मेश्रो फिल्म प्रोडक्शनको प्रस्तुती भिडियोमा घान्द्रुककै दृश्यहरु समावेश छन् । घान्द्रुक समाज कास्कीका अध्यक्ष सुब्बा नरबहादुर गुरुङले भिडियो प्ले गरेर गीत सार्वजनिक गरेका थिए । म्यूजिक भिडियोको निर्देशन तथा कोरियोग्राफि जसु गुरुङले गरेकी हुन् । घान्द्रुककै प्रियंका गुरुङ भिडियोको मुख्य नायिका हुन् भने शान्ति गुरुङले गाएकी हुन् ।
सन्तोष कोन्मेले खिचेको भिडियोको सम्पूर्ण प्राविधिक काम कोन्मे ईन्टरटेनमेन्टले गरेको हो । भिडियो निर्माणसँगै सम्पूर्ण खाले व्यवस्थापानको जिम्मा अमृत गुरुङ (लामा) ले लिएका छन् ।