संबिधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दा सम्बोधन भएन: खासु मगर

Read Time:3 Minute, 10 Second

राज्यसत्ता,

हंगकंग, ८ अगष्ट – मगर संघ हंगकंगको अठारौं बार्षिक उत्सवमा प्रमुख आतिथ्य ग्रहण गरी सम्बोधन गर्दै गंगा खासु मगरले अहिलेको संबिधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दाको बारेमा त्यस्तो केही उल्लेख नभएको बताइन ।

त्यसैले सुझाब सहित पुर्नलेखन हुनु पर्ने माग राखिएको र यसो नभए आन्दोलनको विकल्प नभएको बताइन । खासु मगर नेपाल मगर महिला संघकी के.सका अध्यक्ष , नेपाल आदिवासी जनजाति संर्घष समितिकी कोषाध्यक्ष , नेपाल आदिवासी जनजाति महासंघकी महासचिब र राष्ट्रिय जनमुक्ति पार्टीकी पोलिट ब्युरो सदस्य हुन । उनि बुटवल बाट प्रकाशित साप्ताहिक राज्यसत्ताका उपसम्पादकमा लामो समय सम्म काम गरेका अनुभबि पत्रकार समेत हुन ।

याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न उक्त कार्यक्रममा देव पचभैया मगरले विशेष आतिथ्य ग्रहण गरी सम्बोधन गरेका थिए । पचभैया मगर पाल्पा श्रीनागर एम एमका स्टेशन मेनेजर सहित फोनिजका क्षेत्रिय संयोजक , विविसीका सम्बाददाता,हिमाल खबर पत्रिकाका सम्बादाता,उज्यालो एफएम ९० नेटवर्क  साथै राज्यसत्ता डट कमका पत्रकार हुन ।

  आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगर,हालै सम्पन्न अधिवेशनबाट चयन भएका नेपाल मगर बौद्ध समाजका उपाध्यक्ष हिरा थापा मगर लगायत अन्य विशेष अतिथि र अतिथिहरुले पनि बोलेका थिए । भुकम्प पिडितहरुलाई सहयोग गर्ने ब्यक्ति तथा संघहरुलाई सम्मान पत्र प्रदान गरीएको थियो । मगर संघ हंगकंगको आजिवन सदस्यलार्इ ताम्रपत्र वितरण गरीएको थियो ।

उपाध्यक्ष थल श्रीसमगरको सञ्चालनमा सदस्य तथा पुर्व उपाध्यक्ष मनोज सुर्यबंशी मगरले स्वागत मन्तब्य दिएका थिए । संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरले समापन सम्बोधन गर्दै सवैलाई धन्यवाद दिएकी थिइन । बन्द सत्रको कार्यक्रम संघकै कार्यलय हलमा हुने अध्यक्षले जानकारी गराएकी थिइन ।

बन्द सत्रमा महासविच बोध विक्रम थापा मगरले कार्य प्रतिबेदन र कोषाध्यक्ष निलम थापा मगरले लेखा प्रतिबेदन प्रस्तुत गरी पास भएको थियो ।

थप फोटो हेर्न यो लिङक क्लिक गर्नुहोस: मगर संघ हंगकंगको १८ बार्षिक उत्सब कार्यक्रम

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %