कार्यदलले सुझावसहित प्रतिवेदन बुझाइयो

Read Time:2 Minute, 43 Second

 

 काठमाडौँ, १५ माघ

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा सहमति खोज्न गठित कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

आज बसेको सो बैठकमा शीर्ष नेताहरूले सो प्रतिवेदनलाई सकारात्मक भएको प्रतिक्रिया दिँदै कार्यदलको प्रतिवेदनका आधारमा वार्ता र छलफललाई अगाडि बढाउँदै राष्ट्रिय सहमति खोज्ने बताएका छन् ।

 बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एनेकपा (माओवादी)का स्थायी समिति सदस्य वर्षमान पुनले हिजो कार्यदलले तयार गरेको प्रतिवेदन आजको बैठकमा पेस भएकामा शीर्ष नेताहरूले सो प्रतिवेदनलाई सकारात्मक भएको एकसरो प्रतिक्रिया दिनुभएको जानकारी दिए  ।

 नेपाली काँग्रेसका नेता डा रामशरण महतले कार्यदलले गरेको कामको विषयमा बैठकमा शीर्ष नेताहरूलाई राम्रोसँग जानकारी गरायौँ, नेताहरूले त्यसमाथि विचारविमर्श र छलफल गर्ने भे वताए  ।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले कार्यदलको प्रगतिका बारेमा नेताहरूलाई जानकारी गराइयो, एनेकपा (माओवादी)का अध्यक्ष पार्टीको काम विशेषले उपत्यका बाहिर जानुपर्ने भएकाले कार्यदलको प्रगति बारे पर्सी बस्ने बैठकमा छलफल हुने जानकारी दिए  ।

गृहमन्त्री तथा कार्यदलका सदस्य भीम रावलले तीन प्रमुख राजनीतिक दलद्वारा गठित कार्यदलले अहिलेको शान्तिप्रक्रिया र त्यससँगसम्बन्धी सरकार गठनलगायतका विषय समेटेर तयार पारेको प्रतिवेदन शीर्ष नेताहरूको बैठकमा प्रस्तुत भएको बताए  ।

अहिलेको अवस्थामा दलहरूबीच सहमति खोज्नका लागि गहन छलफल गर्नुपर्ने र सरकार गठनका लागि समेत दलहरूबीच राष्ट्रिय सहमति आवश्यक छ भन्ने विषयमा पछिल्लो गोकर्ण बैठकले समेत महसुस गरेकाले त्यसै विषयमा छलफल केन्द्रित भएको जानकारी पनि उनले दिए  ।

बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी थिए  । शीर्ष नेताहरूको अर्को बैठक आगामी सोमबार बस्ने जनाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %