नेपाल मगर संघ कतारको कार्यभार हस्तान्तरण

Read Time:6 Minute, 14 Second

बिजय कुमार मगर

दोहा कतार, ४ अगष्ट –  नेपाल मगर संघ, शाखा कतारको १० औ कार्यसमितिको गत २०१५ जुलाई १७ मा दोहाको   शालिमार होटलमा भएको “११ औं महाधिवेशन तथा १५ औं बार्षिको उत्सव” बाट निर्बिरोध निर्वाचित ११ औं कार्यकालका कार्यसमितिका अध्यक्ष महेन्द्र थापा मगर तथा संपुर्ण कार्यसमितिलाई नेपाल मगर संघ, शाखा कतारका निवर्तमान प्रमुख सल्लाहकार भिम तरामुमगरवाट संस्थाका सम्पूर्ण दस्तावेजहरु, १० औं कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु र नव निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुको रहोवरमा दशौं कार्यसमितिका सम्पूर्ण कार्यभारहरु ११ औं कार्य समितिका कार्यसमितिलाई हस्तान्तरण गरियो । साथै उक्त कार्यक्रममा निवर्तमान कोषाध्यक्ष लिलम्बर चिदीमगर बाट बर्तमान कार्यसमितिका कोषाध्यक्ष केशव रानामगरलाई संस्थाको आर्थिक कारोबार हस्तान्तरण गर्नुभयो ।

  उक्त कार्यक्रममा अतिथिहरुमा नेपाल मगर संघ, शाखा कतारका सांस्कृतिक वाङ्ग रबिन थापामगर, निवर्तमान सल्लाहकारहरु जनक थापा मगर, नारायण राना मगर साथै सनैया ए एरिया समितिबाट सदस्य अम्वर थापा मगर सनैया बि. एरिया समितिबाट का.वा. अध्यक्ष, उमसलाल एरिया समिति बाट अध्यक्ष टोप बहादुर थापा मगर, वक्रा एरिया समितिका प्रतिनिधि, दोहा एरियाका प्रतिनिधिहरु, पूर्व केन्द्रिय समिति सदस्य खिम राना मगर, कला तथा सांस्कृतिक विभागका कलाकारहरु, मानार्थ सदस्य टेक रसाईली र नयां तथा पुराना कार्य समितिका पदाधिकारीहरुको बाक्लो उपस्थित  रहेको थियो ।

उक्त कार्यक्रममा बोल्नुहुदै नेपाल मगर संघ, शाखा कतारका निवर्तमान प्रमुख सल्लाहकार भीम तरामु मगरले ११ औं कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । अन्तमा नेपाल मगर संघ, शाखा कतारका ११ र्आं कार्यसमितिका नव निर्वाचित अध्यक्ष महेन्द्र थापामगरले अब आउने कार्यकाललाई सफल बनाउनको निम्ति सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सदस्यहरु एक जुट भई अघि बढ्ने प्रतिवद्धता जाहेर गरे। यस महाधिवेशन वाट यस संस्थाको नाम पनि परिवर्तन गरिएको थियो । नेपालीमा नेपाल मगर संघ, शाखा कतार र अंग्रेजीमा Nepal Magar Association, Qatar Chapter रहेको छ ।

सोही दिन मिती २०१५ जुलाई ३१ का दिन मा बसेको केन्द्रिय समितिको पहिलो पूर्ण बैठकले सोही दिन सल्लाहकार समितिको पनि चयन गरिएको थियो । प्रमुख सल्लाहकारमा भिम तरामु मगर(गुल्मी) तथा सल्लाहकार सदस्यहरुमा देव.रानामगर (पाल्पा), रमेश थापा मगर (पाल्पा), नारायण राना मगर (चितवन), जनक थापा मगर(पाल्पा), मिलन सारु मगर (पाल्पा), डि.एन.मगर (धनकुटा) र खिम ब. राना मगर (तनहुं) रहेका छन ।

उक्त बैठकद्धारा ९ सदस्यिय सचिवालय समिति पनि चयन गरेको थियो । उक्त समितिमा महेन्द्र थापामगर (चितवन), शेर ब. रोकामगर (रुपन्देही), लिलम्बर चिदीमगर (रुपन्देही), विजय कुमार मगर (झापा),रविन मगर (धनकुटा), विवेक पुलामीमगर (काठमाण्डौ), केशब रानामगर (धनकुटा), केशब घर्तीमगर (रुपन्देही) र महिला सदस्य खगी पुनमगर (बाग्लुङ) रहेका छन ।

यसरी नै यस संस्थाको विभागिय संयोजकहरु पनि चयन गरिएको थियो । विभागहरुमा विदेश विभाग संयोजकमा प्रथम उपाध्यक्ष शेर ब. रोका मगर, अनुशाशन विभाग संयोजकमा द्धितिय उपाध्यक्ष लिलम चिदि मगर, सुचना,प्रचार,प्रसार तथा जन संपर्क विभागको संयोजकमा महा सचिव विजय मगर, संगठन विभागको संयोजक विवेक पुलामी मगर, आर्थिक विभागको संयोजक केशव राना मगर, भाषा,लिपि,साहित्य अध्ययन तथा अनुसन्धान विभागको संयोजक मिलन घर्ति मगर, कला तथा सांस्कृतिक विभाग को संयोजक रवि पुलामी मगर, महिला विभागको संयोजक ईशोरा मगरलाई विधानत संयोजक चयन गरिएको थियो भने राहत कोष समितिमा अध्यक्ष महेन्द्र थापा मगर, सचिव रविन मगर र सहकोषाध्यक्ष केशव घर्तिमगरलाई चयन गरिएको थियो ।

अन्तमा, गत जुलाई ३, २०१५ मा भएको नेपाल प्रवासी मगर वचत कोष, कतारको तेस्रो साधारण सभा वाट निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ अध्यक्ष महेन्द्र थापा मगरवाट खुलाईएको थियो । यस बचत कोषमा नेपाल मगर संघ, शाखा कतारको केन्द्रिय समितिको कोषाध्यक्ष नै यस कोषको पदेन अध्यक्ष रहने प्रावधान रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %