सहमतिको सरकारको नेतृत्व एमालेले गर्दछ : खनाल

Read Time:1 Minute, 19 Second

नुवाकोट, १४ माघ

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बहुमतीय भन्दा सहमतीय सरकारको निर्माणमा राजनीतिक दलहरूले प्रयास जारी राखेको बताएकाछन ।

आज नुवाकोटको सदरमुकाम विदुरमा पत्रकारहरूसंग कुराकानी गर्दै खनालले उक्त भनाई राख्नुभएको हो । राष्ट्रपतिले सहमतिको लागि राजनीतिक दलहरूलाई दिनुभएको समय गुज्रिसकेको भएता पनि दलहरू सहमतिको खोजीमा रहेको उनको भनाई थियो ।

संविधान बनाउन दलहरूको सहमति आवश्यक रहेकाले सरकार निर्माणका लागि पनि सहमतिकै बाटो अपनाउने निर्णय ठूला दलहरूले गरेको अध्यक्ष खनालले बताए ।

नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गर्ने सम्भावना बढेर गएको समेत उनको दावी थियो । उनले भने– ‘माओवादीको नेतृत्व पनि स्वीकार गर्न सकिन्छ, तर उनीहरूबाट प्रतिवद्धता आउनु आवश्यक छ ।’

अध्यक्ष खनाल आज नेकपा एमाले नुवाकोटको पाँचौ जिल्ला अधिवेशन उद्घाटनका लागि नुवाकोट  पुगेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %