मनोज घर्तीमगर
संघर्षमा कलम साहित्य समाज पोखराले पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार दुई स्रष्टालाई पुरस्कृत गरेको छ ।
साहित्यकार दुर्गाबहादुर शाह बाबाद्वारा स्थापित बाबा साहित्य साधक सम्मान गायक तथा झलकमान सारङी लोकबाजा संरक्षण पाठशालाका संरक्षक धनबहादर गायक र स्व.ऋषिराम रानाभाटका परिवारद्वारा स्थापित ऋषिराम रानाभाट प्रतिभा सम्मानबाट साहित्यकार अम्बिका भण्डारी पुरस्कृत भएका छन् । गायकलाई नगद पाँच हजार पाँच सय ५५ ताम्रपत्र, दोसल्ला र भण्डारीलाई नगद दुई हजार दुई सय २२ सम्मान पत्र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
२०६५ सालमा स्थापना भएको संस्थाले ऋषिराम रानाभाट प्रतिभा पुरस्कार हरेक वर्ष क्षेत्रियस्तरमा वाङ्मयको क्षेत्रमा क्रियाशिल व्यक्तिलाई दिदै आएको छ । यस्तै बाबा साहित्य साधक सम्मानबाट हरेक वर्ष वाङ्मयको क्षेत्रमा क्रियाशिल स्रष्टा साधकहरूलाई पुरस्कृत गर्दै आएको छ ।
पुरस्कृत व्यक्तिलाई प्रमुख अतिथि लोकगायकी तथा प्राज्ञ हरिदेवी कोइराला, बाबा साहित्य साधक सम्मान पुरस्कारका संस्थापक दुर्गाबहादुर शाह बाबा उपाध्यक्ष कृष्ण सारथीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।