रुद्र श्रीसमगर पोखरा, १४ साउन – एकीकृत नेकपा (माओवादी)निकट तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङले मिस तमुस्यो–२०१४ की बिजेता सन्ध्या तमुस्योलाई सम्मान गरेको छ ।
मिस तमुस्यो सन्ध्यालाई मोर्चाका केन्द्रीय सदस्य एवं हङकङ शाखा अध्यक्ष दुर्गा तमु ‘मिलन’ले मोर्चाको तर्फबाट सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा एकीकृत नेकपा माओवादी हङकङ सचिव युवराज तमु, मोर्चाका केन्द्रीय सल्लाहकार बेलबहादुर तमु, मनप्रसाद तमु, सदस्य कृष्णकुमार तमु, बाबुलाल तमु, कलजित तमु, भक्त तमुलगायतको उपस्थिति थियो ।
अध्यक्ष दुर्गा तमु ‘मिलन’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव पदम तमुले गरेका थिए।