काठमाडौँ, १४ माघ ।
एकीकृत नेकपा (माओवादी) को स्थायी समिति बैठक भर्खरै सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको सो बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा केही दिनपछि नयाँ प्रक्रियाबाट सुरु हुने प्रधानमन्त्री निर्वाचनमा पार्टीले खेल्नुपर्ने भूमिका, लडाकूलाई सेना समायोजन तथा पुनःस्थापना विशेष समिति मातहत लगिएपछि विकसित राजनीतिक सन्दर्भलगायत विषयमा छलफल हुने एमाओवादी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सो बैठकले यही माघ २० गतेदेखि नै प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुने भएका कारण सोही दिनदेखि देशव्यापी गर्ने भनिएको पार्टीको राजनीतिक प्रशिक्षण स्थगन गर्नसक्ने संभावना छ ।