काठमाडौँ, १३ माघ
प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद्मा यही माघ २०, २२ र २३ गते निर्वाचन हुनेभएको छ । प्रधानमन्त्री पदका उम्मेदवारहरूले यही माघ १९ गते आ–आफ्नो उम्मेदवारी दर्ता गराउनु पर्नेछ ।
सभामुख सुवास नेम्बाङले व्यवस्थापिका संसद्को आजको बैठकमा संसद्को कार्य व्यवस्था परामर्श समितिको निर्णयअनुसार प्रधानमन्त्री निर्वाचनका लागि एकैपटक तीनैचरणको मिति तोकेका हुन् ।