कविता भइन् मगर बौद्ध समाज हङकङको अध्यक्ष

Read Time:1 Minute, 41 Second

मनोज घर्तीमगर
पोखरा, १० साउन ।
 

मगर बौद्ध समाज हङकङ को दोस्रो अधिवेसनले १३ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

आइतबार हङकङको युनलंङ स्थित युनिभर्सलको सभाहलमा अध्यक्ष प्रेम गलामी मगरको सभापतित्व र मगर संघ हङकङका सचिव सुमन थापामगरको प्रमुख आतिथ्यमा टिका राना मगरको स्वगत  र सचिव हिरा खाड्का मगरको संचाललनमा भएको अधिवेशनले अध्यक्षमा कविता थापा मगर ,उपाध्यक्ष हिरा खड्कामगर, सचिव टिका रानामगर ,सह–सचिव पुरन ठाडामगर कोÈाध्यक्ष सुमन रानामगरलाई सर्वसम्मत चयन गरेको हो ।  

समितिको सदस्यहरुमा “वापा’’ (मगर गुरु) तिलक सोमैमगर, रमेश सारुमगर, रोशन गाहामगर, अमर रानामगर, सन्जु थापामगर, रविन्द्र थापामगर रहेका छन् । सह–कोषाध्यक्ष र एक जना सदस्य समितिको पहिलो बैठकले मनोनित गर्नेछ ।

अधिवेशनमा वक्ताहरुले मगर जातीको भाषा, धर्म, सँस्कार संस्कृतीलाई जोगाई पुर्खाको सम्मान गर्नु सबै लागुपर्ने बताएका थिए ।


त्यस अवसरमा मगर बौद्ध समाजका निवर्तमान अध्यक्ष प्रेम गलामी मगर लामो समयको लागी नेपाल बस्ने भएकाले बिदाई समेत गरिएको समितिका नवनिर्वाचित सदस्य एवं वापा तिलक सोमैमगरले जानकारी दिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %