कमान सिङ्ग (कर्मा पहाडी) शेर्पा
लण्डन , ५ श्रावण – नेपालमा संविधानको पारम्भिक मस्यौदामा सुझाव संकलन भइरहेका बेला लण्डनमा भने मस्यौदा च्यातिएको छ ।
नेपाल आदिबासी जनजाती महासंघ बेलायतमा आबद्द जातीय संघ सस्था र पहिँचान सहितको संघीयता पक्षधर राजनीतिक संगठनहरुले दूतावासअघि मस्यौदा च्यातेर असहमति जनाएका हुन । आफूलाई पहिँचानवादी भन्न रुचाउने ती समूहले सोमवार दिउँसो लण्डनस्थित नेपाली दूतावास भवन अगाडी मस्यौदा च्यातेका हुन् ।
राष्ट्रिय जनमुक्ति पार्टीको भातृसंगठन जनमुक्ति मंच बेलायतका महासचिब कमान सिङ्ग ( कर्मा पहाडी) शेर्पाको अनुसार आधा दर्जन भन्दा बढी पहिँचानवादी संघसंस्थाका प्रतिनिधिले मस्यौदा च्यात्न नेपाली दूतावास अगाडि भेला भएका थिए। संघीय गणतन्त्र र नेपालका विभिन्न कालखण्डमा भएका जनआन्दोलनको भावनाविपरित १६ बुदें सम्झौता गरी ल्याउन लागिएको संविधान जनहित विपरीत भएकाले संविधानको मस्यौदा च्यातेर विरोध प्रदर्शन गरेको शेर्पाले बताए ।
यसैबीच उनीहरुले नेपाली दूतावास लन्डनमार्फत् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, राष्ट्रपति डा. रामवरण यादव र राजनीतिक दललगायतलाई विरोधपत्र पठाएको राष्ट्रिय जनमुक्ति पार्टीका भात्री संगठन जनमुक्ति मंच बेलायका महासचिब साथै नेपाल आदिबासी जनजाती महासंघ युकेका महासचिब कमान सिंह ( कर्मा पहाडी ) शेर्पाले जानकारी दिए ।
विरोधपत्रमा राजनीतिक दलहरुले अन्तरिम संविधानको भावना र सर्वोच्च अदालतको पछिल्लो आदेशको पालना नगरेको उल्लेख छ। विरोध पत्रमा नामांकन र सीमांकनसहतिको संघीयतको ग्यारेन्टी हुनुपर्ने, जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन, तराई आन्दोलनलगायतमा गरिएका सहमतिलाई आगामी संविधानमा समेटिनुपर्ने माग गरिएको छ । विरोधपत्रमा अन्तरिम संविधानका कतिपय अधिकार समेत नयाँ बन्ने संविधानको मस्यौदाका कटौती गरिएको दावी गरिएको छ । संविधानको मस्यौदामा उल्लेखित नागरिकता सम्बन्धी नयाँ व्यवस्था अपूरो र अस्पष्ट भएको संघीयतावादीहरूको ठहर छ ।
विरोधपत्र बुझाउन राष्ट्रिय जनमुक्ति पार्टी ( जनमुक्ति मंच बेलायत ) का अध्यक्ष थर्क राना, राष्ट्रिय जनमुक्ति पार्टीको संगीय परिसद सदस्य कमला थापा, पहिँचान सहितको संगीयाबदी मोर्चाका संयोजक पदम गाहा मगर, संगीय लिम्बुवान समाज युकेका सदस्य दिल सिङ्ग लिम्बु, संघिय समाज फोरमका केन्द्रीय वैकल्पिक सदस्य टेकबहादुर थापा, जनजाति महासंघ यूकेका अध्यक्ष तुल छन्त्याल, जनजाति महिला संघ यूकेकी अध्यक्ष कमला थापालगायत बेलायतस्थित संघीय समाजवादी पार्टी, जनजाति महासंघ, जनजाति महिला महासंघ, संगीय लिम्बुवान समाज युके , पहिँचानवादी दल र संघसंस्थाका प्रतिनिधि नेपाली दूतावास पुगेका थिए ।