हङकङमा विनेसा महासङ्घको स्थापनामा भानुमय सभा

Read Time:5 Minute, 12 Second

बल्लभ रोका

हङकङ २१ जुलाई, विश्व नेपाली साहित्य महासंङ्घ हङकङ शाखाको आयोजनामा २०१ औं आदिकवि भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासङघको स्थापना दिवस स्थानीय याउमा तेई काउलुन स्थित हिन्स कार्यालयको सभाहलमा सुसम्पन्न भएको छ ।
  हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापाको प्रमुख आथित्यमा दीप प्रज्वलन गरि आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । बिशेष अतिथि नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष तथा कवि टंक सम्वाहाम्फे, नेपालबाट पुस्तक प्रदर्शनीको निम्ति आउनुभएका द्वय प्रकाशक एवं प्रवन्ध निर्देशक कथालयका राजिब धर जोशी र वज्र वुकका बिदुर डङगोल उपस्थित भएका थिए । कार्यक्रमको सभापति बिश्व नेपाली साहित्य महासङ्घ हङकङका अध्यक्ष तथा कवि चन्द्र मादेन आन्छन्ले गरेका थिए । स्वागत मन्तब्य संस्थाका सदस्य एवं कवयित्री सुनिता गिरीले गरेकी थिइन ।

 

अन्य अतिथिहरूमा नेपाल क्लव हङकङकी अध्यक्ष तथा हङकङ नेपाली महासङ्घकी उपाध्यक्ष रिता गुरुङ, साब्लाबुङका प्रकाशक तथा अध्यक्ष राज कुमार राई, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुङफुङवा, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका कार्यकारिणी अध्यक्ष कमल पौड्याल, एकिकृत नेपालली समाजका अध्यक्ष तथा पत्रकार बिनय शाह, हङकङ नेपाली फाउन्डेसन एवं पत्रकार महासङ्घका अध्यक्ष किसन राई, पत्रकार जे.बी. पुन, दिग्गज चित्रकार दीपेन्द्र राई आदिलाई आसन ग्रहण गराईएको थियो । सोहि अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय समितिले विभिन्न मुलुकको प्रवासमा साहित्य क्षेत्रमा योगदान पुर्याउनेहरू मध्ये श्रष्टा टंक सम्वाहाम्फेलाई बिश्व नेपाली साहित्य महासङ्घ हङकङ मार्फत प्रमुखअतिथिको वाहुली वाट नेपाली साहित्य दूत (चोयो हिमाल)अभिनन्दन सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
वाक्लो उपस्थित रहेको कार्यक्रममा आयोजक सस्थांका पदाधिकारी अन्य संघ सस्था र
सङ्गठन बाट उपस्थित प्रतिनिधि तथा साहित्यकार तथा साहित्य अनुरागीहरुबाट
कविता र गीत सवैवाट भानुभक्त सम्बन्धि सृजनाहरु बाचन गरिएको थियो । सृजना
वाचन गर्नुहुनेहरूमा कमल पौड्याल, लाल बहादुर गुरुङ, पूर्णिमा जी शाह, सुनिता गिरी,बिनय शाह, मोहन गुरुङ,बज्र कुमार थुलुङ, भुपेन्द्र चेम्जोङ,दीपेन्द्र राई, त्रिभुवन लुङफुङवा,मगेन्द्र राई,वल्लव रोका र चन्द्र मादेन ‘आन्छन्’ थिए । साब्लाबुङ प्रकाशनका अध्यक्ष राजकुमार राईले कार्यक्रमको समिक्षा गर्दै भानुको बारेमा बिष्लेशण र सकरात्मक पक्षको प्रसंशा गर्नु भएको थियो । त्यस्तै समिक्षक समाजका संयोजक हेम लावतीले साहित्यिक कार्यक्रम भब्य र अत्यन्त राम्रो यतिको बिरलैहुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम भईरहोस भन्ने शुभकामना दिएका थिए ।
मानिसहरूको वाक्लो उपस्पस्थितिले गर्दा हलमा कुर्सी नपुगेर खचाखचका साथ कतिले उभिएरै कार्यक्रमको रसस्वादन गरेका थिए । त्यस्तै कार्क्रमको अर्को विशेषता – भानुका तस्विरमा उपस्थितहरुवाट रङ्गी विरङ्गी फूलका माला गुच्छाहरू चढाईएको थियो भने
सुमधुर संगीतमा भानुका श्लोकले वातावरण कवितामय भएको थियो ।
अन्त्यमा आयोजक संस्थाका अध्यक्ष कवि आनन्छनले उपस्थित सम्पूर्ण प्रति आभार प्रकट गरि धन्यवाद दिंदै समापन गरिएको थियो । कार्यक्रम सन्चालन संस्थाका सचिव वल्लभ रोकाले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %