डान्स कम्पिटिशनमा १८ जना छनोट

Read Time:2 Minute, 1 Second

मनोज घर्तीमगर

एमनुज डान्स स्कुल र थ्री ब्रर्दस इन्टरटेन्मेन्टको आयोजनामा डिस्ट्रिक डान्स कम्पिटिशन हुने भएको छ ।

 

भदौ ५ गते र पोखरा प्रर्दशनी केन्द्रमा हुने प्रतियोगिताको सेमी फाईनलमा राउण्ड शनिबार सकिएको छ । काठमाण्डौ, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, कपिलबस्तु र कास्की पोखराका ३५ जना प्रतियोगिमध्ये १८ जना फाइनल प्रतिस्पर्धाको लागि छनोट भएका छन् ।

डिस्ट्रिक डान्स कम्पिटिशनको बिजेताले एकाउन्न हजार, अवार्ड, गिफ्ट ह्याम्पर र बलिउडमा काम गर्ने अवसर, फस्ट रनरअपले पच्चिस हजार, र सेकेन्ड रनरअपले पन्ध्र हजार रुपैया नगद, अवार्ड, गिफ्ट ह्याम्पर पाउने कार्यक्रमका संयोजक ईरोस थापामगरले जानकारी गराए ।

फाइनलमा “डान्स इन्डिया डान्स” का सेकेन्ड रनरअप नायक राघब जुयाल (क्रोक्रोज) र इन्डियाज डान्सीङ्ग सुपर स्टारमा उत्कृस्ट १० मा पर्न सफल नेपाली मुलका सुशान खत्रीले पोखरेली दर्शकलाई कलात्मक नाच देखाउने छन् ।

गायीका रजिना रिमाल, चर्चित हास्य जोडी दीपक राज गीरी र दीपा श्री निरौला, प्रस्तोता दिनेश डीसीको साथै अन्तिम प्रतिष्पर्धामा पर्न सफल ५ जिल्लाका प्रतिस्पर्धीहरुको समेत बेजोड प्रस्तुती रहने आयोजक एमनुज डान्स स्कुलका संञ्चालक तथा नृत्य निर्देशक अमन तामाङले जानकारी गराए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %