मनोज घर्तीमगर
गायन प्रतिभाको खोजी गर्ने भन्दै पोखरामा अनेकन नामधारी कार्यक्रम भइरहन्छन् ।
पछिल्लो सयम थपिएको छ, पोखरा लोक तारा २०७२ । संगीत सिकाउने सँस्था त्रिवेणी संगीतालयको आयोजनामा भएको पहिलो सँस्करणको उपाधी बाग्लुङका रेशम निर्दोषले जितेका छन् । शनिबार पोखरा उद्योग वाणिज्य संघमा भएको अन्तिम प्रतिस्पर्धामा ११ जनालाई पछी पार्दै निर्दोषले उपाधीसहित ३० हजार रुपैंया र सिल्ड पुस्कार पाए ।
उपविजेता निश्चल दवाडी, प्रथम उपविजेता पवित्रा मगर, सान्त्वना पुरुस्कार माया केसी र पब्लिक च्वाइस अवार्डको पुस्कार भवी थापामगरले पाइन् । उनीहरुले क्रमशः २० हजार, १० हजार र ??? पुस्कार पाए । लोक तारा छान्न लोकदोहोरी गायक पुरुषोतम न्यौपाने, कुलेन्द्र बि.क र संगीतकार बिबि अनुरागी निर्णायक थिए ।
त्यस अवसरमा भुकम्प पीडित संचारकर्मी रमेश तिमिल्सिनालाई रु १० हजार १० रुपैंया सयोग पनि गरिएको थियो । कार्यक्रम सन्चालन पदम थापा मगरले निकै गरेका थिए ।