नेपालको संबिधान मस्यौदा डेनमार्कको ढ्वागंमा

Read Time:3 Minute, 3 Second

हुमबहादुर थापा पचभैया मगर

  कोपनहेगन, सावन ४ – डेनमार्कको राजधानी कोपनहेगन पुगेका नेपालीहरूले नेपालको संबिधानको पारम्भिक मस्यौदालाई च्यातेर मैला ढ्वाँगमा फ्याकिदिएका छन ।
 
कामको सिल्सिलामा स्कटलान्ड बाट डेनमार्क तर्फ जादै गर्दा उनिहरूले उक्त मस्यौदा बाटोमै प्राप्त गरि अध्यान गर्दै कोपनहेगन पुगेका थिए ।
 
  कोपनहेगन पुगेकै भोली जस्तो उक्त मस्यौदालाई मर्मेडको मूर्ति नजिकै र शहरको मुटू मानिने अति ब्यस्त  र मेन स्क्वायरमा पुगी बिरोध गर्दै च्यातेर मैला ढ्वाँगमा फ्याकिदिएका हुन ।
 
‘मर्मेड’ माथी अति सुन्दरी केटी र तल माँछाको सरिर भएको बिश्व चर्चित मर्मेडले परिचित प्रतेक दिन यो मुर्ती हेर्न पर्यटकको घुईचो लागदछ । यो कोपनहेगन शहर नजिकैको समुन्द्रि किनारमा रहेको प्रयटकको केन्द्रबिन्दुमा पर्दछ ।
 
  सम्बिधानको पारम्भिक मस्यौदाको धारा-धारामा आदिवासी जनजातिलाई बिभेद र अधिकारबिहिन बनाईएकोले यो कार्य गर्न आफु बाध्य भएको भवानी नेम्बाङले बताए ।

स्व.राजा महेन्द्रले २०१९ सालमा लागु गरेको सम्बिधानमा गाइलाइ राष्ट्रिय जनवार बनाएका थिए । २०४७ सालका अन्तिरिम प्रधानमन्त्रि स्व.कृष्ण प्रशाद भट्टराइको नेतृत्वमा बनेको सरकारले सम्बिधान निर्माण गर्दा पनि यस्लाइ निरन्तरता दियो । 

  अैले बन्दै गरेको सम्बिधान र पहिलाकोमा तात्विक भिन्नता नरहेको,हुबहु राखिएकोले यो पश्चगामि सम्बिधानले भबिश्यमा देशलाइ गृहयूद्दमा लैजाने प्रा:यनिश्चीत रहेको अर्का सहभागी लोकबहादुर मगरले बताए । 
 
आदिवासी जनजाति तथा उत्पीडित, दलित आन्दोलन, २०६२/०६३ को जनआन्दोलन, माओवादी सशस्त्र संघर्ष र मधेस विद्रोहले राजतन्त्रलाइ बिदा दिदै गणतन्त्र ल्याएकोमा यो मस्यौदाले पुन राजतन्त्रको पुनरागमनको गन्दा दिएको अर्का सहभागी लक्षमर्णगुरूङले बताए । 

यो जनघाती ६०१ सभासद र बर्तमान सरकारले जनहितकारी, समाबेसी र क्रान्तिकारी सम्बिधान नल्याए यो कदम नरोकिने कार्यक्रम आयोजक हुम थापाले बताए ।  
 
फोटो : भवानी नेम्बाङ/कोपनहेगन

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %