मनोज घर्तीमगर
कवि हरिभक्त कटुवालको ८० औँ जन्म जयन्तीका अवसरमा शुक्रबार ‘हरिभक्त फर्किएनन्’ नामक वृत्तचित्र प्रदर्शन गरिएको छ ।
काठमाडौँको सर्वनाम थिएटरमा आयोजित विशेष कार्यक्रममा प्रदर्शित वृत्तचित्रमा कवि हरिभक्त कटुवालको जीवनका विभिन्न घटनाहरुलाई चित्रण गरिएको छ ।
कवि प्रोल्लास सिन्धुलीयाको लेखन, नाटककार तथा निर्देशक पुरु लम्सालको निर्देशन र गजलकार सुरज गुरुङको सहनिर्देशन रहेको वृत्तचित्रको छायाङ्कन जयराम थापाले गरेका हुन् । कवि तथा सञ्चारकर्मी नवराज लम्सालको उद्घोषण रहेको वृतचित्रको सहछायाङ्कन दुर्गा चाम्लिङ राईले गरेका छन् भनेसम्पादन प्रदिप दाहालले गरेका हुन् ।
‘यो जिन्दगी खै के जिन्दगी ?’लगायत चर्चित कृति हरिभक्त प्रवासी कविका रुपमा परिचित छन् । सर्वनाम थिएटरमा शुक्रबार खचाखच दर्शकमाझ प्रस्तुत गरिएको वृत्तचित्रले निर्माण समूहलाई उत्साह थपेको भन्दै पोखरा र लमजुङमा सो वृत्तचित्र प्रदर्शन गर्ने तय भएको सहनिर्देशक सुरज गुरुङले जानकारी दिए ।