गोरखामा वस दुर्घटना हुदा सात जनाको ज्यान गयो

Read Time:2 Minute, 4 Second

गोरखा , ११ माघ
गोरखाको ताप्ले गाविसमा बिहान भएको बस दुर्घटनामा ७ जनाको ज्यान गएको छ । गोरखा सदरमुकामबाट मसेल गाविसको घ्याम्पेशाल जाँदै गरेको ना २ ख ७२५१ नम्वरको वस ताप्ले गाविस वडा नम्वर ५ को कटुसघारी  भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

सडकबाट करीब डेढ शय मीटर तल खसेको बस ताप्ले गाविसकै बन्दिचौर जाने सहायक सडकमा पुगेर उत्तानो परेको प्रहरी चौकी ताप्लेका प्रहरी सहायक निरिक्षक मुर्तुजा मियाले जानकारी दिनुभएको छ । दुर्घटनामा ज्यान जाने ७ मध्ये ४ पुरुष र ३ महिला रहेको उहाँले बताउनुभयो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन । घाइते मध्ये अहिले सम्म २२ जनालाई जिल्ला अस्पताल पठाइएको र अन्यको उद्धारकार्य भैरहेको प्रहरीले जनाएको छ । घाइते २२ मध्ये १० जनाको अवस्था गम्भिर रहेको जिल्ला अस्पताल गोरखाले जनाएको छ ।

मृतक मध्ये एक पुरुषको शव बसमै च्यापिएको अवस्थामा रहेको प्रहरी सहायक निरिक्षक मियाँले बताउनुभयो । बसभित्र अरु यात्रु पनि च्यापिएको हुन सक्ने आशंकामा डोजरको सहायतामा बसलाई पल्टाउने प्रयास भैरहेको बताए ।
करीब ६५ जना यात्रु लिएर घ्याम्पेशाल जाँदै गरेको वस साढे १२ वजेतिर दुर्घटनामा परेको स्थानीयले बताएका छन् । दुर्घटनाको कारण बारे यकिन जानकारी आउन सकेको छैन । कच्ची सडकमा बढी यात्रु भएका कारण असन्तुलित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %