नेपालले पायो सहश्राब्दि पुरस्कार

Read Time:2 Minute, 47 Second

 

 

 

 

 

 

 

 

 

 

 

 

 राष्ट्रसङ्घले सहश्राब्दि विकास लक्ष्य अन्तर्गतको मातृस्वास्थ्यमा सुधार गर्ने लक्ष्य हासिल

गर्न उन्मुख भएको जनाउँदै नेपाललाई पुरस्कृत गरेको छ ।

 

 

 

 

 

 

 

 

 काठमाडौँ, २१ असोज 

राष्ट्रसङ्घको अमेरिकामा जारी महासभामा सो पुरस्कारद्वारा नेपाललाई सम्मान गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घको सहश्राब्दि विकास लक्ष्यमा सन् २०१५ सम्ममा मातृमृत्यु दर १३४ मा झार्ने रहेको छ ।

नेपालमा सन् १९९० मा प्रतिलाखमा ५३९ को मातृमृत्यु रहेको थियो भने सन् २००६ मा २८१ रहेको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    नेपालले सो पुस्कार प्राप्त गरेको उपलक्ष्यमा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई

सम्बोधन गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले सहश्राब्दि विकास लक्ष्य हासिल गर्न नेपालले

उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए  ।  

    उहाँले भने, “मातृस्वास्थ्यमा नेपालले प्राप्त गरेको सफलतासंगै अन्य लक्ष्यलाई पनि पूरा गर्न

सबैले ध्यान दिनुपर्छ ।”

    प्रधानमन्त्री नेपालले सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकताका साथ बजेट विनियोजन

गरेको चर्चा गर्दै विनियोजित बजेट अनुरुप काम भए कि भएनन् समीक्षा गर्न आवश्यक छ उनले भने  ।

    मातृस्वास्थ्यमा थप सुधार ल्याउन सरकारले निःशुल्क प्रसूति सेवा, यातायात खर्च, गर्भपतन सेवालगायतको व्यवस्था गरेको वताए ।

    प्रधानमन्त्री नेपालले ग्रामीण र दुर्गम क्षेत्रमा दक्ष प्रसूति सेवा विस्तार गर्न र दक्ष जनशक्ति

समेत पु¥याउन मन्त्रालयलाई निर्देशन दिए ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उमाकान्त चौधरीले मातृस्वास्थ्यमा सुधार ल्याउन एवम्

मातृमृत्यु दर घटाउन मन्त्रालयले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए ।   

 

 

 रासस

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %