मनोज घर्तीमगर
पोखरा – पाँचौ बिग आईकन कुन्साङ गुरुङको पहिलो एकल गीति एल्बम बजारमा आएको छ ।
‘जन्मभूमि’ नाम राखिएको एल्बममा तिब्बेतियन गीत लगायत आठ वटा गीत समेटिएका छन् । एल्बममा जन्मथलोलाई सम्झिँदै रचिएको जन्मभुमि मुस्ताङ, डाँडापारी मुस्ताङ गाउँ छ, यति धेरै माया, आँशुको शहर, यो नशा, पृथ्वीको आवाज र ए नानी बोलका गीत समावेश छन् । तिब्बेतियन गीत बाहेक सबै सात गीतको शब्द र कम्पोजिशन गायक कुन्साङकै हो ।
एल्बमको शुक्रबार पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (बान) का उपाध्यक्ष रमेश पौडेल, र्याण्डम रिडर्स सोसाईटी अफ नेपालका अध्यक्ष गनेस पौडेल, बिग एफएमका अध्यक्ष महेश भण्डारी, किंग्स ईन्स्टिच्युटका प्रबन्ध निर्देशक सन्तोष शाही र गायक कुञ्साङले विमोचन गरे ।
विमोचनपछि गायक कुन्साङले सबै प्रशंसकका लागि मेहनत गरेर कोशेली ल्याएको भन्दै सुनेर माया गरिदिन आग्रह गरे ।