मनोज घर्रतीमगर
पोखरा – मिस एसएलसी क्वीन पोखरा अर्पणा गुरुङले उच्च शिक्षाको अध्ययन पोखराको ज्ञानुबाबा आवसीय उच्च माविलाई रोजेकी छिन् ।
द लुक्स फेसन होमले दुई साताअघि पोखरामा आयोजना गरेको मिस एसएलसी क्वीन प्रतियोगितामा उपाधि विजेतालाई विद्यालयले निःशुल्क छात्रवृत्तिमा अध्ययन गराउने घोषणाअनुरुप गुरुङले कक्षा ११ र १२ को अध्ययन सो विद्यालयमा लिने निर्णय गरेकी हुन् ।
उनीसहित प्रतियोगितामा मिस फ्रेण्डसीप सूमी थापामगर र मिस भ्यूवर्स च्वाइस उपाधि विजेता विपना पुनले पनि सोही विद्यालयमा अध्ययय गर्ने बताएका छन् । मंगलबार विद्यालयले उनीहरुको स्वागत तथा सम्मान कार्यक्रम गरेको विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङले बताए ।