अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला चितवनमा

Read Time:2 Minute, 1 Second

चितवन (रत्ननगर), ११ माघ

चलचित्रको विकासक्रमलाई अध्ययन गरी आवश्यक सुधार तथा अहिलेसम्मको चलचित्रको अवस्थालाई समीक्षा गर्न चितवनको मेघौलीमा अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला सुरु भएको छ ।

चितवनमा पहिलोपटक आयोजना गरिएको यो कार्यशालामा अनुभवि चलचित्राकर्मी गरी छ दर्जन बढीको सहभागिता रहेको छ । साताव्यापी कार्यशालाको संयोजन भने नेपाली चलचित्र निर्देशकहरूको संस्था नेपाल चलचित्र निर्देशक समाजले गरेको छ । कार्यशालामा नेपाली चलचित्र र विदेशी चलचित्रको तुलना गर्दै आगामी दिनमा चलचित्रकर्मीहरूले अपनाउनुपर्ने नयाँ योजनाको बारेमा छलफल भइरहेको चलचित्रकर्मी केपी पाठकले जानकारी दिए ।

भोलिसम्म चल्ने कार्यशालामा भारत, चीन तथा दक्षिण कोरियाका प्रसिद्ध चलचित्रकर्मीहरूको सहभागिता रहेको छ । भारतबाट कनल शास्त्री र गोविन्द निहलानी, दक्षिण कोरियाबाट किम डोङ विनलगायतका चलचित्रकर्मीको साथमा नेपाली चलचित्र निर्देशक समाजसँग सम्बद्ध निर्देशक, चलचित्र लेखक, पत्रकारसहित चलचित्र क्षेत्रप्रति प्रत्यक्ष वा परोक्षरुपमा संलग्न व्यक्तिहरूको सहभागिता रहेको नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठकले जानकारी दिए  । कार्यशालाका सहभागीहरूले यो कार्यशालाले नेपाली चलचित्रलाई अन्तराष्ट्रियस्तरको मनाउन सहयोग पुग्ने विश्वास लिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %