आइफा फागुनमा सारिएको जानकारी – प्रेस विज्ञप्ति

गत २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले जनधनको अत्यधिक क्षति पुगेकोले राष्ट्र नै शोकाकुल भएको सर्वविद्धितै छ ।

  

पटकपटक गइरहेको पराकम्पनको कारण आम समुदायको मनमस्तिष्कमा भय र त्रासमा बाँच्नु परिरहेको यथार्थ हाम्रो सामु रहेको छ ।

तसर्थ, यस बर्षको नवौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव (निफ) स्थगित गर्ने निर्णय आयोजक ‘इन्डिजिनियस फिल्म अर्काइभ’ (आइफा) ले गरेको जानकारी गराउँदछौं । यही असार २४, २५, २६ र २७ गते काठमाडौंमा हुने भनिएको महोत्सव आगामी २०७२ फागुन २०, २१, २२ र २३ गते गरिने जानकारीको लागि प्रेश विज्ञप्ति जारी गरिएको छ ।

२०६४ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवका यसअघि आठवटा संस्करण भइसकेका छन् । साथै पोखरा, बुटवल, धरान, नारायणघाट, हेटौंडा, बेल्टार, झुम्का, विर्तामोड, फिदिम, लम्जुङ घोराही शहर तथा विदेश कतार र हङकङमा महोत्सव बिस्तारका रुपमा निफ एक्स्टेन्सन पनि भइसकेका छन् ।

फागुनमा हुने भएकोले नवौं महोत्सवका लागि फिल्म आवेदन गर्ने म्याद पनि बढाइएको छ । महोत्सवमा आदिवासी जनजाति समुदायमाथि बनाइएका स्वदेशी तथा विदेशी फिल्महरुले सहभागिता जनाउँदै आएको छ ।

 सञ्जोग लाफा मगर (सचिव)

मिति : २०७२ असार २२ गते