बहराइनका नेपाली समाजले भूकम्प पिडितका लागि साँस्कृतिक कार्यक्रम गर्दै

Read Time:2 Minute, 36 Second

कृष्ण सारू मगर

बहराइन ४ जुलाई नेपाली दुताबास बहराइनको संरक्षणमा भूकम्प पिडित तथा पुनः निर्माणमा आर्थिक राहत सकंलनका लागी ३७ जना सदस्यताको गठन गरी बहराइनमा नेपाली समाजले ‘नेपालको लागि नेपाली अभियान’ अन्तर्गतको दोस्रो चरणको सहयोगमा एक साँझ सास्कृतिक कार्यक्रम यही आउँदो १८ जुलाई २०१५का दिन बहराईनको राजधानी मानमा स्थित डेलमोन इन्टरनेशनल होटेलमा हुने भएको छ ।

गत बैषाख १२, २९ गते पटक-पटक गएको महाभूकम्प र पराकम्पनले हजारौँको संख्यामा मानविय क्षति तथा भौतिक संरचना समेत अत्याधिक नष्ट भएकोले नेपाली दुतावासको संरक्षणमा संयोजक काजी थापा र नेफिनका अध्यक्ष समेत रहेका जयेन्द्र घिसिङ्ग तामाङ, प्रबक्ता युबराज खत्री लगायत बहराईन स्थित विभिन्न संघ संस्थामा आवद्ध रहेका उच्च पदाधिकारीहरू छन् भने व्यावस्थापनको भुमिका निर्वाहका लागी शालिग राम पन्तलाई समितिले जिम्मेवारी दिएको छ ।

नेपालका बहु चर्चित राष्ट्रिय कलाकारहरू जनवादी गायक जिवन शर्मा, हाँस्यकलाकार मनोज गजुरेल, राष्ट्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारी, स्टेज क्विन एवंम् गायिका मन्जु पौडेल, अपाँङग नृत्यङ्गना रोमा न्यौपाने, लोक पप गायक तथा नृत्यकार गगन पुन मगरको सहयोगमा बेजोर्ड साँस्कृतिक मनोरन्जन कार्यक्रम गर्न लागिएको आयोजक समितिका प्रवक्ता युवराज केसीले राज्यसत्ता डटकमलाई जानकारी दिए ।

कार्यक्रम भब्य र सभ्य सफलताका लागी बहराईनबासी सम्पुर्ण नेपालीहरू संग उपस्थितिको लागी आयोजक समितिले हार्दिक अपिल गरेका छ ।

मिति:- सुक्रबार १८ जुलाई २०१५
स्थान:- डलमन ईन्टरनेश्नल होटल मानमा (गोल्ड सिटीको अगाडि)
समय:- साँझ ६:०० बजे
स हयोगार्थ प्रवेश शुल्क:- ५/- बिडी मात्र

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %