मगर संघ दोहा एरियाको अध्यक्षमा उद्धब सारूमगर

Read Time:7 Minute, 30 Second

रमेश कनौजे थापामगर, कतार

नेपाल प्रवासी मगर संघ दोहा कतारले जुन २६ तारिकको दिन पाँचौं भेला सम्पन्न गरेको छ ।

 

दोहा एरिया समितिका अध्यक्ष रबिन मगरको अध्यक्षतामा एरियाका उपाध्यक्ष गुमानसिंह राना मगरले स्वागत मन्तब्य तथा कार्यक्रमको बारेमा जानकारी दिएका थिए भने सचिब उद्धब सारूमगरको संचालन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रवासी मगर दोहा कतारका का.बा. अध्यक्ष महेन्द्र थापामगर र बिशिष्ट अतिथीमा केन्द्रिय समितिका प्रमुख सल्लाहकार भिम तरामु मगर थिए ।  

त्यसै गरी अतिथीहरूमा केन्द्रिय सल्लाहकार सदस्य देव ब. राना मगर, जनक थापामगर,पूर्ब केन्द्रिय सल्लाहकार डि. ए मगर, पूर्ब केन्द्रिय कोषध्यक्ष मिलन थापामगर, केन्द्रिय समितीका द्धि. उपाध्यक्ष शेरबहादुर रोकामगर, महासचिब रमेश कनौजे थापामगर,सचिब बिजय मगर, कोषध्यक्ष लिलम्बर चिदी मगर, केन्द्रिय सह कोषध्यक्ष केशब घर्ति मगर, केन्द्रिय सदस्य केशब रानामगर, अभिमत पुनमगर, हिम थापामगर, बिवेक पुलामीमगर थिए ।

 

कलाकारहरु सनैया ए एरिया समितिका सचिब रेशम आलेमगर, सनैया बि एरिया समितिका अध्यक्ष बाबुराम थापा मगर, अवुहमर एरिया समितिका अध्यक्ष चित्र थापामगर, वक्रा एरिया समितिका सचिव शुक्रबहादुर पुलामीमगर, उमसलाल एरिया समितीका अध्यक्ष तोपबहादुर थापामगर  तथा मानार्थ सदस्य टेक रसाईली थिए ।

कार्यक्रमको औपचारिकता संगै शुरू भएको उक्त कार्यक्रममा अतिथीहरूद्धारा शुभकामना मन्तब्य पनि दिएका थिए। मन्तव्यको क्रममा सम्पूर्ण एरियाहरूबाट सनैया ए एरिया समितीका सचिब रेशम आलेमगरले आजको पाँचौं भेलावाट बन्ने कार्यसमितिलाई अग्रिम बधाई तथा शुभकामना दिदै दोहा एरिया समितीले केन्द्रिय समितिको दाहिने हात भएर विभिन्न रचनात्मक कार्यहरु गर्दै समितिलाई अगाढी बढाउनु हुनेछ भन्ने आशा व्यक्त गर्दै शुभकामना दिएका थिए ।

 

साथै मन्तव्यकै क्रममा केन्द्रिय समितीका सल्लाहकार सदस्य देबबहादुर रानामगरले स्थापना काल देखि नै केन्द्रिय समितिको हरेक गतिबिधिमा सहकार्य गर्दै आएकोले आगामी दिनहरुमा पनि यस्तै अपेक्षा राख्दै अगाढी बढ्नको लागि शुभकामना दिएका थिए । यसरी नै केन्द्रिय समितिको प्रमुख सल्लाहकारले यस दोहा एरिया समितिले विभिन्न समयमा अनुकरणीय कार्यहरु गरेकोमा पुरानो कार्यसमितिलाई धन्यवाद र नयां बन्ने कार्य समितिलाई अग्रिम सफलताको लागि शुभकामना दिएका थिए  ।

कार्यक्रमकै शिलशिलामा प्रमुख अतिथी का.वा. अध्यक्ष महेन्द्र थापामगरले यस एरिया समिकिो स्थापना देखि र कतारमा मगर संघको स्थापनाकाल देखिको गरेको कार्यहरु, संस्थाले बिश्वमा संगठित मगर संस्थाहरु संग गरेको सहकार्यका अवस्था, मगरहरुको लागी आर्थिक अवस्था सुधार्ने हेतु र बचत गर्ने वानी गर्नका लागी र भविष्यमा लगानी गर्ने उद्धेश्येले स्थापना भएको नेपाल प्रवासी मगर वचत कोष, कतारले आज सम्म कोषले भए गरेका कार्यहरुको जानकारी गराउंदै भर्खरै मार्च १ तारिख २०१५ देखि लागू हुने गरी नेपाल मगर संघ, केन्द्रिय कार्यालय काठमाण्र्डौवाट बैदेशिक शाखाको मान्यता पाएको र अझ कतारको मगर संघलाई जिम्मेवार थपिएको वारेमा जानकारी दिएका थिए ।

अन्तमा कार्यक्रमका सभापति रबिन मगरले उपस्थिती भएका सम्पूर्ण पाहुना,प्रतिनिधीहरूलाई बिशेष धन्यवाद सहित दोहा एरिया समितीको वर्तमान कार्यसमिती भंग भएको घोषणा गर्दै पाँचौं भेलाको खुल्ला सत्र कार्यक्रम अन्त्य गरेका थिए ।

उक्त खुल्लाशत्र कार्यक्रम सकेपछी शुरु भएको बन्दशत्रमा केन्द्रिय महासचिब रमेश कनौजे थापामगरको संयोजकत्वमा र केन्द्रिय सचिब बिजय मगर, केन्द्रिय सदस्य केशब रानामगर रहेको निर्वाचन समिती बनाई कार्यक्रम अगाडी बढाईएको थियो ।  कार्यक्रमकै शिलशिलामा उद्धब सारू मगरको (नवलपरासी) अध्यक्षतामा ९ सदस्यीय नेपाल प्रवासी मगर संघ, दोहा एरिया समिती दोहा कतार गठन गरेको छ ।

उक्त एरिया समितीमा उपाध्यक्षमा सरोज ग्यामीमगर (धादिड.), सचिबमा  गुमानसिंह रानामगर (स्याङ्जा) सह(सचिबमा सुविता रानामगर (गोर्खा), कोषाध्यक्षमा अशोक मगर (धादिड.), सदस्यहरुमा बोममाया मास्की मगर (मोरङ), बिचारी मगर (धादिड.), रेवनसिंह सारूमगर (नवलपरासी) र एक जना रिक्त रहेको पद पछि पुर्ति गर्ने गरि सर्बसम्मतले चयन गरेको छ ।

साथै उक्त एरिया समितीको सोही भेलाले पूर्व अध्यक्ष प्रमुख सल्लाहकार रबिन थापामगर साथै सल्लाहकार सदस्यममा केशब रानामगर, खिमानसिंह रानामगरलाइ सल्लाहकार समितीमा चयन गरेको छ ।

त्यसपछी निर्वाचन समितीका संयोजक रमेश कनौजे थापामगरले चुनिएका पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रमको अन्तमा नवनिर्वा्चित अध्यक्षद्धारा अध्यक्ष पदमा निर्विरोध निर्वा्चित गरिएकोमा निर्वाचन समिती र बन्दशत्रमा उपस्थित सम्पुर्णमा धन्यवाद सहित खुसी व्यक्त गर्नुहुँदै दोहा एरिया समितिले आगामी दिनहरुमा केन्द्रिय समितिको हरेक कार्यहरुसंग हातेमाले गर्दै आफैंले पनि मगर जाति र संस्थाको हक हित र अधिकारको लागी  सधै अगाढी बढिरहने प्रण गर्दै आफ्नो धारण राखेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %