पत्रकारहरु यसरि मिले / विज्ञप्ति सहित

Read Time:3 Minute, 36 Second

देब पचभैया

Thapa Hum's photo.  पाल्पा, असार १९ – नेपाल पत्रकार महासंघ पाल्पा शाखा र नेपाल प्रेस युनियन पाल्पाबीचको १७ महिना लामो द्वन्द्व सकिएको छ । विभिन्न चरणको वार्ता, छलफल भएपनि लागु हुन नसक्दा लामो समयदेखि द्वन्द्व चर्कदै आएको थियो ।

शुक्रबार प्रेस युनियन पाल्पाले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछिको वार्ता, छलफलबाट विगतका सम्झौतालाई कार्यान्वयन गर्दै अघि बढ्ने कुरामा दुवै पक्ष सहमत बनेका हुन् । प्रेस युनियनले सदस्यता सुद्धीकरणको मागलाई विगतदेखि उठाउँदै आएको हो । शुक्रबार राती अवेरसम्म पत्रकारितामा क्रियाशील पेशागत संगठनहरु बीचको बैठक, छलफल र वार्तापछि प्रेस युनियनले सार्वजनिक गरेका सबै आन्दोलनको कार्यक्रमसमेत फिर्ता लिएको छ ।

युनियनका अध्यक्ष भरत शर्माले वार्ता र सहमतिपछि घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारी दिए । नेपाल पत्रकार महासंघमा विगतमा आमन्त्रित सदस्य दुई जना र एक जना सदस्य सुद्धीकरणमा जाने सहमतिपछि आफ्ना माग पुरा भएकाले सबै घोषित कार्यक्रम फिर्ता लिएको शर्माले बताए । उहाँले अब महासंघसँगको सहकार्यलाई अगाडी बढाउने बाटो खुलेको जानकारी दिए ।

पत्रकार महासंघ पाल्पाको अधिवेशनको बन्दशत्रमा प्रेस युनियनआवद्ध पत्रकारहरु बाहिरिएका थिए । त्यसपछि अहिलेसम्म दुवै पक्षबीच द्वन्द्व चल्दै आएको हो । युनियनले अहिलेसम्म अघिल्लोवर्षको सदस्यता नविकरण नगरेकाले त्यसलाई पुरा गरेपछि महासंघभित्रको समस्या समाधानका साथै सदस्यता सुद्धीकरणकालागि छानबिन समिति गठन गरेर अगाडी बढ्न दुवै पक्ष सहमत भएको चौतारीका सचिव गुँरास आत्रेयले बताए । उनले कार्यकाल अझै डेडवर्ष बाँकी भएकाले महासंघले धेरै काम गर्न सक्ने बताए । अहिले बिग्रिसकेको केही नभएकाले पनि आगामी दिनमा सहज तरिकाले गयो भने आफ्ना काम गरेर देखाउन पत्रकार महासंघले सक्ने उनको बिश्वास छ ।
 
छलफलमा वरिष्ठ पत्रकार मेघराज शर्मा, अग्रज पत्रकार झपेन्द्र गहिरे, नेपाल प्रेस युनियनका लुम्विनी अंचल संयोजक माधव अर्याल, प्रेस चौतारीका लुम्विनी अंचल अध्यक्ष रामप्रसाद न्यौपाने, युनियन जिल्ला अध्यक्ष शर्मा, चौतारी जिल्ला सचिव आत्रेय, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष सन्तोष बस्याल, फोनिजका अध्यक्ष राजकुमार आले, युनियनका सचिव मुक्तिप्रसाद न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

सहमतिपछि सबै संगठनले हस्ताक्षर गरेर विज्ञप्तिसमेत जारी गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %