चल चित्र धोैली

Read Time:1 Minute, 41 Second

मनोज घर्ती मगर

नेपाली कथानक फिल्म ‘धौली’पोखराको विन्ध्यवासीनी चलचित्र मन्दिरमा च्यारिटी प्रर्दशन भएको छ । फिल्म तथा नाट्य क्षेत्रमा कृयाशिल व्यक्तिहरुको संयुक्त प्रयासमा बनेको फिल्म धौली शनिबार तीन शो प्रर्दशन भयो । तीनवटै शो मा दर्शकको उल्लेख्य सहभागीता थियो । फिल्म निर्देशक घनश्याम लामिछानेले यहिँबाट बनेको फिल्मलाई पोखरेलीले कोशेलीको रुपमा स्वीकारेर उल्लेख्य मात्रामा दर्शक हलसम्म आएको बताए ।

शम्भु थापाको प्रस्तुतीमा बनेको फिल्ममा गजित विष्ट, अनु शाह, प्रकाश घिमिरे, गीता अधिकारी, विद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार, तेज गिरी, शम्भु थापा लगाएतको अभिनय छ । धेरै भाग पोखरा र आसपासमै छायाकन भएको फिल्म सार्दीखोला गाविस र दमौलीसगै केहि दृश्यहरु काठमाण्डौका पनि छन् । ५० लाख लगानी रहेको फिल्मका निर्माता सन्तोष आत्रेय र नरवहादुर गोदार हुन् भने दिव्यराज सुवेदीले खिचेका हुन् । फिल्मको द्वन्द्व निर्देशक रोशन श्रेष्ठ, कोरियोग्राफर कविराज गहतराज, संगीतकार बसन्त सापकोटा हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %