यु केमा बुद्ध नेपाली ओपन कन्सर्ट २०१५ सम्पन्न

२० जुन २०१५
फार्न्बोरो यु के,

मगर संघ यु केको आयोजनामा बेलायतका नेपालीहरुबीच सर्वाधिक चर्चामा रहेको संगीतक कार्यक्रम बुद्ध नेपाली ओपन कन्सर्ट भव्यताका साथ सम्पन भएको छ ।

२० जुन २०१५ मा मगर संघ यु केको आयोजनामा गरिएको उक्त क्रायक्रम यस्पाली फार्न्बोरो रग्बी ग्राउन्ड्मा बिबिध गीत संगीत र सान्स्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । “एकताकोलागि संगीत” को नारा दीईएको उक्त कार्यक्रम हालसालै नेपालमा गएको भूकम्प पीडित सहयोगार्थ गरिएको जनाइएको थियो ।

उक्त कार्यक्रम्ममा नेपालबाट आमन्त्रित गरिएका ख्याती प्राप्त कलाकारहरुको जमघट रहेको थियो । लोक दोहोरी गायिका निता पुन,गायक खुमन अधिकारी,गायिका दुर्गा परियार,गायक प्रसाद खाप्तरी तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

उक्त ओपन कन्सर्टका प्रमुख संयोजक संस्थाका बरिष्ठ उपाध्यक्ष राजीन्द्र राना रहेका थिए भने सांस्कृति सचिब अनिता राना , मगर संघ युकेका UHSB Branch, महिला बिभागका अध्यक्ष पदम थापा , Swindon Branch का अध्यक्ष इन्दिरा गलामी, Youth Co-ord तथा उपाध्यक्ष नेम थापा आदिको प्रमुख भूमिका रहेको थियो ।