यु केमा बुद्ध नेपाली ओपन कन्सर्ट २०१५ सम्पन्न

Read Time:1 Minute, 46 Second

२० जुन २०१५
फार्न्बोरो यु के,

मगर संघ यु केको आयोजनामा बेलायतका नेपालीहरुबीच सर्वाधिक चर्चामा रहेको संगीतक कार्यक्रम बुद्ध नेपाली ओपन कन्सर्ट भव्यताका साथ सम्पन भएको छ ।

२० जुन २०१५ मा मगर संघ यु केको आयोजनामा गरिएको उक्त क्रायक्रम यस्पाली फार्न्बोरो रग्बी ग्राउन्ड्मा बिबिध गीत संगीत र सान्स्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । “एकताकोलागि संगीत” को नारा दीईएको उक्त कार्यक्रम हालसालै नेपालमा गएको भूकम्प पीडित सहयोगार्थ गरिएको जनाइएको थियो ।

उक्त कार्यक्रम्ममा नेपालबाट आमन्त्रित गरिएका ख्याती प्राप्त कलाकारहरुको जमघट रहेको थियो । लोक दोहोरी गायिका निता पुन,गायक खुमन अधिकारी,गायिका दुर्गा परियार,गायक प्रसाद खाप्तरी तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

उक्त ओपन कन्सर्टका प्रमुख संयोजक संस्थाका बरिष्ठ उपाध्यक्ष राजीन्द्र राना रहेका थिए भने सांस्कृति सचिब अनिता राना , मगर संघ युकेका UHSB Branch, महिला बिभागका अध्यक्ष पदम थापा , Swindon Branch का अध्यक्ष इन्दिरा गलामी, Youth Co-ord तथा उपाध्यक्ष नेम थापा आदिको प्रमुख भूमिका रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %